यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न जनसहभागिताको अभाब देखिएको छ । निर्माण कम्पनीले आयोजनाको ८० प्रतिशत काम पुरा गर्दा उपभोत्ता समितिको तर्फबाट १० प्रतिशत जनश्रमदान मध्ये १ प्रतिशत मात्रै पुरा भएको छ । बाकी ९ प्रतिशत श्रमदान जुटाउँन उपभोत्ता समितिलाई हम्ेम–हम्मे परेको छ ।

समितिले समयमै जनश्रमदान जुटाउन नसके आयोजना लम्बिने भएको छ । यसअघि नै उपभोत्ताहरुले १ प्रतिशत श्रमदान बापत प्रतिघरधुरी २६ सयकादरले रकम बुझाएका छन । आयोजनाको ३६ किलोमिटर श्रमदान उपभोत्ताले ब्यहोर्नु पर्ने छ । जस्को ९ प्रतिशत श्रमदान बापतको प्रतिघरधुरी ३ हजारको दरले रकम बुझाउँन बाँकी छ । लाभाम्बित ३ हजार ४३ घरधुरी मध्ये ५ सय घरधुरीले मात्रै समितिलाई रकम बुझाएका छन् । समयमै श्रमदान जुटाउन नसके आयोजनाको काम ढिला हुने निर्माण ब्यवसाही लोकेन्द्रराज भण्डारीले बताए । आयोजनाको सबै स्थानमा तिब्र गतिमा काम अघि बढाएका थियौं ।’ तर स्थानीयको जनश्रमदान समयमै नहुदा सुस्त गतिमा काम गर्नु परेको छ । भण्डारीले भने । आयोजनाको काममा जनसहभागीता जुटाउँन उपभोत्ता समिति र ४ वटै वडाका उपसमितिहरुलाई परिचालन् गरिएको समितिका अध्यक्ष, डम्बरसीह सम्बाहाम्फेले बताए । उनी भन्छन् । निर्माण कम्पनीलाई हामीले आयोजनाको काम अघिबढाउँन भनेका छौं । समितिसंग जे जती रकम उठेको छ त्यो रकमले काम अघि बढाउँने र संकलन गर्न बाकी रहेको रकम पनि चाडै संकलन गर्ने गरि समिति लागेको छ ।