श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २७ गते बुधबार, १२ सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको तृतीया तिथि १८ः४३ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र चित्रा २८ः५० बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः४८ र सूर्यास्त ६ः१० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
सवारी साधन तथा वाहनमा यात्रा गर्दा सजग रहनुहोला । आकस्मिक धनलाभ हुने योग देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिनको मध्यान्हतिर शुभसमाचार सुन्न पाइएला । नया“ वस्त्रालङ्कार प्राप्त होला । घरमा माङ्गलिक कार्यको चर्चा चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जानेछ । साथीभाइको भेटघाटले मन प्रसन्न रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय प्रतिकूल छ, संयम रहनुहोला । झुटो आरोप लाग्न सक्ला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । कार्यहरू अधुरो नै रहलान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमपक्ष तथा तत्जन्य जीवनमा मनमुटाव शुरु हुनेछ । परिवारमा आर्थिक सङ्कट आउला । घरायसी झमेलामै दिन बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दैनिक कार्यमा प्रगति होला । रमणीय र सुखद् यात्राको योग देखिन्छ । माङ्गलिक कार्यमा सरिक भई मिष्ठान्न भोजन होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
काम देखाएर अरुको मन जित्न सक्नुहुनेछ । स्वादिष्ट भोजन पाइनेछ । व्यापार व्यवसायबाट लाभ होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभसमाचार सुन्न पाइएला । शुभकार्यको चर्चा चल्ला । थालेका र शुरु गरेका कार्यहरू पूरा होलान् । मन प्रसन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आजको दिन मध्यम्खालको देखिन्छ । अनावश्यक चिन्ता बढेर जाला । मौसम परिवर्तनसम्बन्धी समस्याले सताउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक कार्यमा प्रगति होला । वैदेशिक क्षेत्रका काममा सफलता बढेर जाला । अनावश्यक विलासी कार्यमा खर्च बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । जोस, जा“गर र हिम्मत बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य सम्पादनमा केही समस्या देखापर्न सक्छ । अनावश्यक खर्चिलो यात्रा होला । मनमा चिन्ता बढ्न सक्ला ।