विराटनगर /  कार्तिक १७ गते विराटनगरमा हुने दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका प्रतियोगिहरुले प्रतिभा देखाए छन् । उनीहरूले विराटनगरमा आइतबार आ–आफनो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् । नेवार सामुदायमा रहेको किशोरीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मूभिज क्रियएसनको आयोजनामा उक्त प्रतियोगिता आयोजना गरेको हो । फाइनलमा पुगेका १३ जना प्रतियोगि भए पनि १० जनाले मात्र प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरूले साँस्कृतिक नृत्य, गायनलगायतको विभिन्न प्रतिभा देखाए । प्रतिभा देखाएका मध्धे उत्कृष्ट एक जनाले ‘बेस्ट ट्यालेन्ट एवार्ड’ प्राप्त गर्ने छन् । उक्त एवार्ड फाइनलका दिन वितरण गरिने मन्जिना मूभिज क्रियएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । ‘दुई वर्षदेखी यस्तो प्रतियोगिता आयोजना गर्दै आएका छौं,’ उनले भने, ‘नेवारी किशोरीहरूको क्षमता अभिवृद्धी र उनीहरुमा भएको प्रतिभालाई उजागर गर्न यस्तो प्रतियोगिता गरिएको हो ।’ यस प्रतियोगिताको फाइनलमा विराटनगरकी मनिषा शाक्य, आस्मा तुलाधार, तमना श्रेष्ठ, रुजा शाक्य, सृजना श्रेष्ठ, सुधा श्रेष्ठ, नियती प्रधान, आर्जु श्रेष्ठ, स्नेहा श्रेष्ठ, स्वेक्षा तम्राकार, भोजपुरकी रुहीना प्रधान, बेलबारीकी चेलीना श्रेष्ठ र एलिना श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । फाइनलमा पुगेका प्रतियोगिले यस अघि फोटोसुट समेत सुट गरिसकेका छन् । पर्यटकीय सहर भेडेटारमा पुगेर उनीहरुले फोटोसुट गरेका हुन् । फोटो सुट विराटनगरका चर्चित फोटो ग्राफर सञ्जय श्रेष्ठले गरेका थिए । प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।