श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर ६ गते बिहीबार, २२ नोभेम्बर २०१८ । कार्तिक शुक्लपक्षको चतुर्दशी तिथि १२ः३६ बजेसम्म उप्रान्त पूर्णिमा, नक्षत्र भरणी १८ः३६ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि मेष, सूर्योदय ६ः३१ र सूर्यास्त ५ः०७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा पशुचौपायाको व्यापार व्यवसायमा सफलता मिल्ला । महिला मित्रको विशेष सहयोग प्रँप्त भइरहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग प्रँप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । बन्धुवान्धव तथा साथीभाइको विशेष सहयोग मिल्ला । रमाइलो यात्राको अवसर प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टासम्बन्धी काममा विशेष लाभ मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक क्ष्ँेत्रमा मन जानेछ । लाभदायी यात्रामा सरिक भइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । पठन–पाठन तथा लेखन कार्यमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । नया“ कार्य–व्यवसायको शुभारम्भ होला । परिवारमा नया“ सदस्यको आगमन हुनेछ ।