श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ मङ्सिर ७ गते शुक्रबार, २३ नोभेम्बर २०१८ । कार्तिक शुक्लपक्षको पूर्णिमा तिथि ११ः४८ बजेसम्म उप्रान्त प्रतिपदा, नक्षत्र कृतिका १८ः२० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः३१ र सूर्यास्त ५ः०७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
परोपकारी काममा संलग्न भइएला । समाज सेवामा मन लाग्नेछ । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । कार्य सम्पादनमा सफलता मिल्ला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आँटे ताकेको काम पूरा हुनेछ । शुभकार्यको चर्चा परिचर्चा चल्नेछ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । शुभसमाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । प्रारम्भ गरेको काममा बिघ्नवाधाहरू आइपर्न सक्ला । विश्वासपात्रबाट धोका नहोला भन्न सकिन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइको विशेष सहयोग प्राप्त भइरहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम्खालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्ला । अरुको काममा बढी समय दिनुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट विशेष सहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा रुचि बढ्नेछ । धार्मिक, सांस्कृतिक कार्यक्रममा संलग्न भइएला । रमाइलो वातावरणमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा तत्जन्य कार्यव्यवसायमा रुचि बढ्नेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । वैदेशिक क्षेत्रको यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर प्रँप्त होला ।