विराटनगर / निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको नयाँ नेतृत्वको लागि दुईवटा समूह चुनावी मैदानमा उत्रिएका छन् ।  आउँदो मंसिर २२ गते विराटनगरमा हुने प्याब्सन मोरङको निर्वाचनको लागि वर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतको समूह प्रतिस्पर्धामा उत्रिएका हुन् ।
अध्यक्षमा एक महिना अगाडि उम्मेदवारी घोषणा गरेर बस्नेत समूह चुनावी अभियानमा होमिएका छन् भने पौडेल समुहले शनिबार उम्मेदवार ढुंगो लगाए ।
७५ जनाको सहभागितामा दुई वटा पद बाहेक सम्पूर्ण पदमा उम्मेदवारी टुंगो लगाएको पौडेलले बताए । रङगेलीस्थित भानु मेमोरिय स्कूलका प्रिन्सिपलसमेत रहेका पौडेल पुन ः एक पटक प्याब्सनको नेतृत्व दोह¥याउने तयारीको साथ आफ्नो अभियानमा लागि परेका छन् ।
सुन्दरहैरास्थित सिद्धार्थ सेकण्डारीका प्रिन्सिपलसमेत रहेका बस्नेत प्याब्सनको नेतृत्वमा आएर सुढृढ र समृद्ध प्याब्सन निमार्ण गर्ने बताउँदै आएका छन् ।
बस्नेत समूहबाट वरिष्ठ उपाध्यक्षमा सीतला सुब्बा, उपाध्यक्षमा भक्तराज सुब्बा, शुभाष राई महिला उपाध्यक्षमा रीना थापा, सचिबमा प्रेमलालसिंह सुवालले उम्मेदवारी घोषणा गरिसकेका छन् । सुब्बा सर्वसम्मत रुपमा बरिष्ठ उपाध्यक्ष हुने देखिएको छ । पौडेल समूहबाट बरिष्ठ उपाध्यक्ष पद बाहक अन्यमा मात्र उम्मेदवारी दिने तयारी गरेकोले सुब्बा सर्वसम्म हुने प्याब्सन स्रोतले बताए । कोषाध्यक्षमा चण्डी रेग्मी, सहसचिब जगतबहादुर बस्नेत, बिष्णु डंगोल, सि.एम. रिजाल र सहकोषाध्यक्षमा देवि सिटौलाको उम्मेदवार घोषणा गरेका छन् । उम्मेदवार घोषणा गरेका मध्धे सुवाल बर्तमान उपाध्यक्ष हुन् भने डंगोल लामो समयदेखि प्याब्सनमा आवद्ध छन् । सम्पूर्ण पदमा बस्नेत समूहले उम्मेदवारी घोषणा गरिसकेको हुनाले अहिले चुनावी अभियानमा व्यस्त छन् । अहिले जिल्लाभरीको स्कूलमा गएर आफनो ऐजन्डा र भोट माग्ने काम भइरहेको वर्तमान उपाध्यक्ष तथा सचिबको उम्मेदवार प्रेमलालसिंह सुवालले बताए ।
पौडेल समूहबाट उपाध्यक्षमा जेपी मल्ल, सचिबमा पुष्प विक्रम बस्नेत, कोषाध्यक्षमा अमिस रेग्मी, सहसचिबमा अम्लेस ठाकुर, राम दाहाल, महिला सहसचिबमा मनु गुरुङ्गले उम्मेदवारी घोषणा गरेका हुन् । शनिबार पौडेल समूहको विराटनगरको एक होटलमा छुट्टै गुट बेला भएर उम्मेदवार घोषणा गरेका हुन् । पौडेल समूहबाट उम्मेदवार दिएका केही नयाँ अनुहारका छन् । ‘प्याब्सनको निर्वाचनको लागि सम्पूर्ण पदाधिकारीको उम्मेदवार घोषणा गरीसकेका छौं,’ अध्यक्षका उम्मेदवार पौडेलले भने, ‘अब एजेन्डा सहित भोट भाग्न लागि पर्नेछौं ।’ मोरङ प्याब्सनमा २ सय ३० जना सदस्य छन् । मंसिर २२ गते प्याब्सन मोरङकाेअधिवेशन हुँदैछ ।