बेलायत / बेलायतको आशफोर्डमा तेह्रथुम समाज यूकेले मयङ्लुङ् क्याम्पस भवन निर्माणका लागि सहयोग रकम जुटाउने क्रम जारी रहेको छ ।
क्याम्पस भवन निर्माण्का लागि करिव ७ लाख रुपैयाँ सहयोग गर्ने तयारी रहेको कोषाध्यक्ष जमिन थाम्देनले बताए । समाजले यसअघि पनि तेह्रथुमका आगलागी पीडित तथा विभिन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको थियो ।
संस्थापक अध्यक्ष चित्राज लिम्बूले ३ तले भवन निर्माण गर्ने निर्णयसमेत गरेको बताए । भवनका लागि ५ हजार रूपैयाँदेखि १ लाख रूपैयाँसम्म सहयोग गर्नेहरूको नाम शिलालेखमा राखिने जनाएको छ । यसअघि भवनका लागि च्यारिटी डिनर नाइट कार्यक्रम गर्दै ३ लाख २१ हजार ५ सय रुपैयाँ सहयोग गरिसकेको छ ।
समाजले हाल २ हजार ७ सय ५४ पाउण्ड रकम सङ्कलन भएको जनाएको छ ।
यसैबीच उप–सभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सम्मान गरिएको छ । तेह्रथुमकी चेली राष्ट्रको प्रमुख पदमा पुगेको भन्दै समाजले सम्मानित गरेको हो । सन् २०११ देखि समाजले सहयोग जुटाउन थालेको हो ।