धनकुटा/ “वैज्ञानिक र वस्तुनिष्ठ अभियोजन, अपराध संहिताको प्रभावकारी कार्यान्वयन” भन्ने मुल नाराको साथ देशभर कार्यरत सरकारी वकिलहरुको दोश्रो राष्टिूय सम्मेलन आगामीपौष ८ गते देखी काठमाण्डौंमा हुने भएको छ ।

महानायाधिवक्ताको कार्यालय धनकुटाले मंगबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । हरेक तिनवर्ष हुने राष्ट्रिय सम्मेलनमा यो वर्ष देशभरका करिव ४ सय भन्दा वढी सरकारी वकिलहरु सहभागीहुने जानकरी पत्रकार सम्मेलनमा दिइएको छ ।

आयोजित पत्रकार सम्मेलनमा बाेल्दै महा न्यायाधिवक्ताको कार्यालय धनकुटाका निमित्त सह न्याधिवक्ता मनोज कुमार आचार्यले २ दिनसम्म संचालनहुने राष्टिूय सम्मेलनमागएको भाद्र १ गते देखीलागु भएको नयाकानुनहरूकाे  बारेमा छलफल हुने बताए ।

राष्ट्रिय सम्मेलनको प्रचार-प्रसार गर्ने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा मुलुकीअपराध संहिताको कार्यान्वयनमा सरकारी वकिलहरुको भुमिका, मुलुकी फैजदारी कार्यविधि संहिताको कार्यान्वयनमा सरकारी वकिलको भूमिका, फौजदारी कसूर र फौजदारी प्रशासन सम्बन्धि कानुनहरुको कार्यान्वयनमा सरकारी वकिलहरुको भुमिका, सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण र सरकारी वकिलहरुको व्यावसायिकता विकासका बारेमा विशेष रुपमा छलफल हुने बताइएको छ ।

सो अवसरमा सहभागी संचारकर्मीहरुसँग सुझाव समेत संकलन गरिएको थियो । सहभागी संचारकर्मीहरुले न्यायलयले के गरिरहेका छन, भनेर नागरिकले थाहा नपाईरहेको अहिलेको न्यायलयको अवस्था रहेको भन्दै जनतासम्म सरल र सहज ढंगले न्यायलय पुग्न सुझाव दिएकाथिए । सो अवसर बाेल्दै निमिक्ति सह-न्यायाधिवक्ता आचार्यले आफु जनताको लागी काम गरि रहँदा जनताले के गरिरहेका छन् भनेर थाहा नपाउने अवस्था गरिरहेकाले पछिल्लो समयमा जनतासँग सरकारी वकिल कार्यक्रम सञ्चालन गरिएको बताए । उनले अघिल्लो वर्ष जनतासँग सरकारी वकिल कार्यक्रम जिल्लाको पाख्रीवास, हिले, भेडेटारको नाम्जे र धनकुटा बजारमा संचालन गरिएको बताउँदै यो वर्ष पनि जारी राख्ने बताएका छन् ।

उनले वि.सं.२००८ साल पौष ८ गते सरकारी वकिलको कार्यालय स्थापना भएकाले सोही दिनको अवसर पारेर हरेक ३ वर्ष राष्ट्रिय सम्मेलन आयोजना गरिएको स्पष्ट पारेका छन् ।

उनले सो अवसरमा धनकुटामा पछिल्लो समयमा जवर्जस्ती करणी, जवर्जस्ती करणी उधोगको मुद्धा बढी मात्रामाआईरहेको पनिऔल्याएका छन् । सो अवसरमा उच्च अदालत धनकुटाका रजिस्टार शम्भु बराल, उच्च सरकारी कार्यालयका कल्याण पराजुली र जिल्ला सरकारी वकिल कार्यालयका पदम वस्ती लगायत स्थनिय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।