ताप्लेजुङ । प्रसिद्ध तिर्थस्थल पाथिभरा क्षेत्रमा संघिय समाजवादी फोरम निकट समाजवादी विद्यार्थी फोरमले शुक्रवार र शनिवार दुईदिन सरसफाई गर्ने भएका छन् । वर्षेनी लाखौँ पर्यटक आउने पाथिभरामा वढ्दो मानव चापका कारण फोहोर वढेको भन्दै विद्यार्थीहरु सरसफाईमा जुटेका हुन् । शुक्रवार र शनिवार समाजवादी विद्यार्थी फोरम जिल्ला कार्य समिति ताप्लेजुङ र भानु जन माध्यमिक विद्यालय ईकाई कमिटिले संयुक्त रुपमा सरसफाई गर्ने समाजवादी विद्यार्थी फोरम ताप्लेजुङका अध्यक्ष सुर्य गुरुङले वताए । गुरुङका अनुसार सरसफाई सेवारो चौकवाट पाथिभरा मन्दिर परिसर सम्म ३० जनाको टोलीले गर्नेछ । “शुक्रवार विहान ७ वजे विद्यार्थीको टोली पाथिभरा क्षेत्र तर्फ प्रस्थान गर्छ ।” अध्यक्ष गुरुङले भने “सेवारो चौकमा पुगेर त्यहाँवाट पहिलो दिन (शुक्रवार) फेदी सम्म सरसफाई गर्नेछौँ ।,” दोस्रो दिन शनिवार विहान पाथिभरा मन्दिरमा पुगेर दर्शन गरि मन्दिर परिशर र त्यहाँवाट फेदीसम्म सरसफाई गर्दै फर्कने कार्यतालीका विद्यार्थीहरुको रहेको छ । यस कार्यक्रमका लागि विद्यार्थीहरु आफैँले रकम उठाएका छन् । “खर्चको पाटोमा हामीले प्रति विद्यार्थी तिन सय रुपयाँ उठाएका छौँ ।” अध्यक्ष गुरुङले भने “हाम्रो खर्च पनि त्यति धेरै हुँदैन तर त्यस्ले पुगेन भने हाम्रो माउ पार्टि (संघिय समाजवादी फोरम) का जिल्ला स्तरका नेताहरुलाई सहयोग माग्ने योजना वनाएका छौँ ।,” विद्यार्थीहरुले यस सरसफाई कार्यक्रममा संलग्न हुन समेत सवैलाई आग्रह गरेका छन् । विषेशगरि पाथिभरा क्षेत्रको विकासका लागि क्रियाशिल संस्थाहरुवाट समेत सहयोगको अपेक्षा गरेको उनिहरुको भनाई छ ।