सुनसरी/अष्ट्रेलियाको शिक्षाबारे जानकारी दिने उद्देश्यले एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसेसको आज (बुधबार) इटहरीमा सेमिनार हुँदैछ । सेमिनारमा अष्ट्रेलियाका कलेजका प्रतिनिधि सहभागी हुँदैछन् । सेमिनारमा विद्यार्थीले अष्ट्रेलियाको भीसा नीति, कलेज तथा युनिभर्सिटीका विविध विषयमा जानकारी पाउने छन् । सन् २००३ मा अष्ट्रेलियामा स्थापना गरिएको
एक्सपर्टको प्रधान कार्यालय सिड्नीमा रहेको छ भने अष्ट्रेलियाको व्रिसवेन, एडीलाइड, मेलवर्न, गोल्डकोस्ट र पारामाटामा शाखा छन् ।
अष्ट्रेलियाबाहेक नेपाल, भारत, बङ्गलादेश, अफ्रिका, चीन, हङकङ र फिलिपिन्ससमेतका देशमा एक्सपर्टका शाखा स्थापना गरिएका छन् । एक्सपर्टका १७ वटा शाखाहरू नेपालमा सञ्चालनमा छन् । एक्सपर्टको इटहरी, विराटनगर र बिर्तामोडमा शाखा सञ्चालित छन् ।
यी तीनवटै शाखाबाट आवेदन दिन सक्ने इटहरी र विराटनगर शाखा प्रमुख कमल तिम्सिना बताउँछन् । तिम्सिनाकाअनुसार एक्सपर्टले नेपाल सरकारको शिक्षा मन्त्रालय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कार्यालय, आयल्ट्स कक्षा सञ्चालन गरेको छ ।
एक्सपर्टले हालसम्म करिब २० हजार नेपाली विद्यार्थीलाई उच्च तथा प्राविधिक शिक्षा अध्ययनका लागि अष्ट्रेलियाको सेवा उपलब्ध गराएको छ ।