मधुमल्ला /मोरङको उर्लाबारीमा ७ दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । सञ्चार क्लब नेपालको आयोजनामा बुधबारदेखि तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले गरे । मेयर फागोले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा समाजसेवी जयधर्म आचार्य, सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष जगन्नाथ भट्टराईलगायतले बोलेका थिए ।
मङ्सिर २५ गतेसम्म सञ्चालन हुने उक्त तालिममा लेखक÷पत्रकार लीलाराज खतिवडाले सहजीकरण गरिरहेका छन् ।
तालिममा उर्लाबारी, रतुवामाई, मिक्लाजुङ र पथरीशनिश्चरेका गरी २५ जना पत्रकारहरू सहभागी छन् । यसैबीच सञ्चार क्लब नेपालको बुधबार सबेको कार्यसमितिको बैठकले आगामी पौष ७ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।