विजयपुर/ शैक्षिक संस्थाको जग्गा भूमाफयाले हडप्न चलखेल गरेको भन्दै नेपाली कांग्रेस धरान नगर समितिले शुक्रबार विरोध जनाएको छ ।

धरानको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसको जग्गा ४१ वर्षपछि भूमाफियाले मोहियानी हक तयार गरी हडप्ने नीति लिएको भन्दै उनीहरुले धरान ११ सिर्जना चौक क्याम्पसका जग्गा अगाडि कोणसभामार्फत विरोध गरे ।

कांग्रेसको विरोधलाई जग्गा बचाउ अभियान गठन गरेर आन्दोलनमा उत्रिएका महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) महेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटिका बरिष्ठ उपसभापती दोर्ची शेर्पाको नेतृत्वमा क्याम्पसबाट विरोध र्याली निकालेर सिर्जना चोक पुगेको थियो ।

कोणसभामा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकार धरान उपमहानगरपालिका र मोही दाबी गर्ने विरुद्ध आक्रोस व्यक्त थिए । कोणसभालाई सम्बोधन गदै सभापति तिलक राईले महेन्द्र क्याम्पस पूर्वकै शैक्षिक केन्द्र भएकोले यो प्रदेश नं. १ कै सम्पत्ति भएको बताए ।

उनले यसको संरक्षण गर्ने दायित्व अब धरानको भएको बताए । उनले महेन्द्र क्याम्पस स्थापना गर्न र यहाको शैक्षिक गुणस्तरलाई माथि पुर्याउन धरानेहरुको ठूलो हात भएको बताए ।

उनले भने ‘दान, विभिन्न सहयोगबाट क्याम्पसले जोडेको जग्गा सार्वजनिक जग्गालाई करोडौको लालचमा तुलना गरेर हेर्न हुँदैन, यो धरानको मात्र नभएर पूर्वकै सम्पति हो, यसको संरक्षणमा जुटौं ।’

उनले केही भुमाफियाहरु क्याम्पसको जग्ग हडपेर रकम कमाउने खेलमा लागेको बताउदै उनले यसको विरुद्धमा नेपाली कांग्रेसले कडा कदम चाल्ने समेत चेतावनी दिए ।

२०३४ सालमा खरिद गरेको जग्गामा अहिले ४१ वर्षपछि मोही हक दाबी गर्नुको कुनै औचित्य नभएको उनको तर्क थियो ।

यस्तै कोणसभामा बोल्दै विद्यार्थी नेता दोर्ची शेर्पाले पैसाको प्रलोभनमा परेर केही तत्व सक्रिए भएर लागिरहेको बताए । यस्ता तत्वलाई अब सक्रिय हुन नदिन सम्पूर्ण धराने एक भएर लाग्नुपर्नेैमा जोड दिए ।

यसैगरी, धरान–११ का वडा इकाइ कमिटिका सभापति सर्बध्वज साँबाले धरानको अस्तित्वसँग जाडिएको क्याम्पसको जग्गा बचाउन सबै लाग्नुपर्ने बताए ।

सार्वजनिक सम्पती भएकोले यस्तो गलत कदम नचाल्न सम्बन्धीत पक्षलाई आग्रह समेत गरे । क्याम्पसले २०३४ साल असार २ गते धरान–७ का श्याम गोविन्द श्रेष्ठबाट किता नं. २६६ को १७ कठा १८ धुर जग्गा खरिद गरेको थियो ।

तर, क्याम्पसले जग्गा खरिद गर्नु पहिले नै जग्गाको मोही लगतमा डम्बुरबहादुर घिमिरेको नाम उल्लेख छ । हाल उनको निधन भइसकेको छ भने दोस्रो हक दाबी गर्ने उनको श्रीमतीको समेत निधन भइसेको छ ।

अहिले उनका माइला छोरा यज्ञबहादुर घिमिरेले हक दाबी गर्दै आइरहेका छन् ।

 

घ ब्ततबअजmभलतक