सिरहा / सिरहा जिल्लाको एक मात्र लहान प्राविधिक शिक्षालयमा बिद्यार्थीहरुले नारावाजी गर्दै तोडफोड गरेका छन् ।
प्राविधिक शिक्षालयले आगामी पुस ११ गते प्राविधिकहरुको राष्ट्रिय भेलाका लागि स्वागत तथा अन्य सांस्कृति कार्यक्रम आयोजना गरी अतिथिहरुलाई स्वागत गर्ने तयारीमा लागेका वेला उक्त कार्यक्रमका लागी तयारीमा लागेको ‘धोती गम्छा हमर पहिचान, हमछी मिथला के बेटी’ भन्ने गितलाई केही विद्यार्थीहअरुले तोडमोड गरेर गित गाएका थिए । उक्त भिडियो फेसबुकमा भाईरल बनेको थियो ।
मैथिली गितको अपमान गरेको भन्दै केही विद्यार्थीहरुले विरोध गरेका थिए । शिक्षालयका प्रमुख जोगनारायण यादबले गितको अपमान गर्नेलाई कारवाही नगरेको भन्दै तोडफोड गरिएको बताइएको छ ।
आक्रोशित बिद्यार्थीहरुले शिक्षालय भवनको सिसा तोडफोड गरेको नेविसंघ सिटिभिटी प्रदेश २ का अध्यक्ष अमितकुमार साहले जानकारी दिए । तोडफोड तथा नारावाजी गरेको आरोपमा नेविसंघ सिटिभिटी प्रदेश २ का अध्यक्ष अमितकुमार साह, जनकपुर उपमहानगरपालिका वडा नं. २ का मुकेश कुमार झा, सुखिपुर नगरपालिका वडा नं ६ का राम सागर महतो, धनगढीमाई नगरपालिका वडा नं १२ का पप्पु मण्डल र रुपनी गाउँपालिका वडा नं २ का सूर्यनाथ यादवलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्राविधिक शिक्षालयमा विद्यार्थीले गरे तोडफोड, पाँच विद्यार्थी पक्राउघट्ना पछि ११ गते हुने भनिएको कार्यक्रम पनि स्थगित भएको शिक्षालयले जनाएको छ ।