धरान / ज्ञानोदय बोर्डिङ स्कूल धरानले आफ्नो ३१ औं खेलकुद सप्ताह आइतबारदेखि शुरु भएको छ ।

पूर्वक्षितिज प्रकाशन प्रालिका प्रबन्ध निर्देशक तथा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीले स्कूलको झण्त्तोलन गरेर सप्ताहको उदघाटन गरेका थिए ।
सो उदघाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै कार्कीले भने –‘स्कूलका शिक्षक शिक्षिका भनेका चालक हुन् र विद्यार्थीहरु भनेका यात्रु हुन् जसले आफनो गन्तव्य निश्चित गरेका हुन्छन र सो गन्तब्यमा पु¥याउने काम चालकहरुले गरिरहेका हुन्छन ।’ विद्यार्थीहरुलाई विचारले मात्र प्रशिक्षित नगराई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुले विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासमा भूमिका खेल्ने भएकाले ज्ञानोदय स्कुलले खेलकुदको सप्ताह राखिनु राम्रो भएको बताए ।

सो कार्यक्रममा स्कूलका प्रिन्सिपल डिबी खड्का र अध्यक्ष लक्ष्मीकृष्ण श्रेष्ठले आफनो मन्तव्यको क्रममा आफना स्कूलका विद्यार्थीैहरुको चौतर्फी विकासका लागि स्कूल निकै सचेत र क्रियाशील रहेको बताएका थिए । मानसिक रुपले मात्र नभई शारीरिक रुपले समेत विद्यार्थीहरुको विकासमा आफूहरु दत्तचित्त भएर विद्यालय परिवार लागि परेको स्कूल व्यवस्थापन समिति अध्यक्ष तथा कार्यक्रमका सभापति श्रेष्ठले बताए । कार्यक्रमको सञ्चालन स्कूलका शिक्षक खेमराज श्रेष्ठले गरेका थिए । विद्यालयले एक साताभरी विभिन्न खेलकुललगायतका प्रतियोगिता आयोजना गरेको छ ।