वराहक्षेत्र/प्रथम मैनामैनी पर्यटन महोत्सवको दोश्रो दिन सोमबार भद्रगोलको हास्य कलाकार कक्रोच र बलेले दर्शक हराएका छन् ।
रातमा चिसो बढ्दै गए पनि बले र कक्रोचले दर्शकलाई भरपूर मनोरञ्जन दिए । महोत्सवमा बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले खुल्ला भलिबल प्रतियोगिताका उद्घाटन गरे । लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा चतराले ३–० को सोझो सेटमा धनकुटालाई हराएको छ । त्यस्तै आयोजक बीले मैनामैनी लाई २५–१० र २५–१६ ले सेटमा हराएको आयोजक समितिका सदस्य मेसन राईले बताए ।
महोत्सव समापन भरी चल्ने भलिबलमा प्रथम विजेतालाई नगद ५० हजार तथा उपविजेतालाई २५ हजार, ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिने छ । महोत्सवमा मङ्गलबार आउँने पर्यटकलाई अरुण, दुधकोशी र सुनकोशीको सङ्गमको दर्शन गराइने छ । त्यस्तै कोलोहाङ्ग झारनामा क्यानोइङ र बोप्ताङमा प्याराग्लाइडिङ, र हिम शिखरको दृश्यावलोकन र मैनामैनी मन्दिरको पूजा अनुष्ठान गराइने राईले बताए ।