धरान / युरेका आवसायी मावि धरान १ ले आफ्नो विद्यलायको २५ औ रजतजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । पुस १४ गतेदेखि २१ गतेसम्म सप्ताहाव्यापी रुपमा रजतजयन्ती मनाउन लागिएको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङले जानकारी दिए ।
उक्त अवसरमा विद्यलायले बदलिदो शिक्षण शैली र शिक्षामा आधुनिकरण गर्नेबारे विज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ । यस्तै हजुर आमा, हजुर बुवा भेटघाट, रक्तदान, भूपू विद्यार्थी तथा शिक्षकहरुसँग भेटघाटलगायत विविभ सांस्कृतिक कार्यक्रमको आयोजना गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुको साँस्कृतिक कार्यक्रम पनि रहेको विद्यालयका अध्यक्ष सुदिप यल्मोले जानकारी दिए ।
युरेका माविले रजत जयन्त भव्य गरि मनाउने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































