धरान / इटहरीका बाल गायक प्रितम आचार्यलाई इटहरी उपमहानगरले सम्मान गरि विदाई गरेको छ ।
चर्चित भारतीय टेलिभिजन रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’को मेघा राउण्डमा प्रवेश गरेका इटहरीका प्रितम आर्चायलाई इटहरीका मेयर द्धारिकलाल चौधरीले नेपाली टोपी लगाइ विदाई गरेका छन् ।
उपमेयर लक्ष्मी गौतमले नेपालको झण्डा प्रदान गरिन । प्रितमले उपमहानगरको शुभकामना ग्रहण गर्दै इटहरीको नाम देश विदेशमा राख्ने प्रतिवद्धता ब्यक्त गरेका छन । प्रतियोगिताका लागि आज भारत जादैंछन् । उनलाई उपमहानगरले ५ हजार बाटो खर्चसमेत उपलब्द गराएको उपमहानगरका प्रेस संयोजक लिलाराज भट्टराईले जानकारी दिए ।