पाँचथर/ कुशल थलङद्वारा स्वरबद्ध ‘सोल्टिनी हजुर’ बोलको गीत भिडियोमा आउने भएको छ । इक्साहाङ चेम्जोङको शब्द–सङ्गीत रहेको गीत तेह्रथुमको वसन्तपुर, चोत्लुङ पार्क, धनकुटास्थित तमोर नदी, भेडेटार र धरानको विजयपुरमा छायाङ्कन गरिएको छ ।
सागर केरुङले निर्देशन गरेको भिडियोमा मधु केरुङ र पन्ना आङ्बोले खेलेका छन् । भिडियो केही दिनपछि युट्युवमार्फत् सार्वजनिक गरिने छ ।