धरान / प्रदेश १ मा नै पर्यटकीय स्थलको रुपमा चर्चित वन्दै गइरहेको धरान १५ स्थित वगरकोटलाई धरान उपमहानगरपालिकाले नाइट लाइफ मार्केटको रुपमा व्यवस्थित गर्ने तयारी भइरहेको धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मन्जु भण्डारीले बताएकि छन् ।
एमएच विविक्यु हाउसको आयोजनामा “एचआइभी संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि सहयोगार्थ ‘डिजे मलिक स्याडो च्यारेटी नाइट’ कार्यक्रममा वोल्ने क्रममा शुक्रवार सो कुराको जानकारी गराएकी हुन ।  
धरानको पर्यटन प्रर्वद्धनको लागि पनि सो कुराको आवश्यक रहेको उनले जनाए । व्यस्त वन्दै गइरहेको जीवन शैलीलाई हेर्ने हो । रिफ्रेस हुनलाई पनि धरानमा नाइट लाइफ मार्केट आवश्यक रहेको उनले बताइन ।
वगरकोटस्थित एमएच विविक्यु हाउसको हलमा आयोजित कार्यक्रममा डिजे मलिक स्याडोको डिजे म्युजिक भिडियोको विमोचनसमेत भएको छ । प्रदेश १ मा नै पहिलो पटक डिजेद्धारा निकालिएको डिजे म्युजिकको विमोचन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मन्जु भण्डारी र विशेष अतिथि धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेन्याङवोले संयुक्त रुपमा म्युजिक प्ले गरेर विमोचन गरेका थिए । च्यारीिट नाइटमा उपस्थित पाहुनाहरुलाई मनोरञ्जन दिलाउन धरानका नव गायक जोन एण्ड जोन, समिता लिम्वु, सिंहवहादुर मादेन र सुभलक्ष्मी राईले अनप्लग लाइभ म्युजिक प्रस्तुती दिए ।
कार्यक्रमवाट उठेको रकम धरान पोजिटिभ समुह र धरान रनको सहकार्यकमा खोलिएको एचआइभी संक्रमित तथा वालवालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोषमा सहयोग गर्ने आयोजक एमएच विविक्युका प्रोपराइटर जीवन लिम्वुले जनाए ।