धरान  / धरानको सबैभन्दा ब्यस्त चोक भानुचोकको भिड र अस्तव्यस्तताको कुरा जति गरे पनि सकिन्न । अस्त्यबस्त रहेको ब्यस्त भानुचोकमा सडक पेटीबाट हिड्नुस , हेल्मेटलगाएर मात्र यात्रा गर्नुस , हर्न नबजाउनुहोस्रलगायतका विभिन्न ट्राफिक सचेतनामुलक पर्चाहरु बोकेर एक हुन युवीहरु आइृतबार सडकमा देखिए । कोही पैदल यात्रीलाई सम्झाउदै थिए । कोही, ट्याम्पु चालकलाई भने कोही, सिटी रिक्सा चालकलाई ।
आईतबार मध्य दिउसो भानुचोकमा रमिता नै बनेको थियो ।  उनीहरु मिस पूर्वान्चल २०१८ का १४ जना प्रतियोगीहरु ट्राफिक प्रहरीलाई सघाउदै थिए ।
आगामी पौष १४ गते धरानमा आयोजना हुने पूर्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वान्चल नवौं संस्करणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानको समनव्य तथा पूर्वान्चल लुब्रिकेन्ट्स विराटचोकको सहयोगमा आयोजित ट्राफिक सचेतना कार्यक्रममा उनीहरु सहभागी भएका हुन ।

प्रतियोगीहरुले एकछिनको समय लिएर भानुचोकमा ट्राफिकको भूमिका निभाउदै हेल्मेट नबाँधी मोटरसाइकल चलाउनेलाई रोकेर हेल्मेट बाँधेर मात्र मोटरसाइकल चलाउन नभए दुर्घटनाले ज्यान लिन्छ भन्ने संदेश दिएका थिए । बीच बाटोबाट हिड्नेलाई सडक पेटीबाट हिड्न सुझाव दिएका थिए । जहितहि बाटो काटेर हिड्ने सफारिलाई पनि आफ्नो बाटोमा हिड्न र भिड नगरीदिन भन्दै सचेत गराएका थिए ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगृत उनीहरुलाई ट्राफिक प्रहरीको भूमिकामा आयोजकले उपस्थित गराएको थियो । सचेतना कार्यक्रम अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख इन्स्पेक्टर बाबुकाजी गिरिले ट्राफिक नियम सम्बन्धि तथा ट्राफिक सचेतनाका बिषयमा जानकारी दिएका थिए ।