विश्व राजनितिक मञ्चमा पछिल्लो समय नयाँ तरंगहरु देखा पर्न थालेका छन् । परम्परा देखी शासन सत्तामा रहि आएका राजनितिक दलहरु भन्दा फरक सैली सोच राख्ने राजनैतिक शक्तिहरु अर्थात पूँजीबाद र साम्यवादी भन्दा फरक दर्शन र मान्यता बोकेका राजनैतिक पार्टीहरु स्थापित हुने क्रम चलिरहेको छ ।

भन्ने गरिन्छ पृथ्वीमा डाइनोसर र जिराफ भन्ने जिव सँग सँगै अस्तित्वमा आएका थिए । हजारौ वर्ष अगाडीनै डाइनोसर पृथ्वीबाट लोप भइ सक्यो, तर जिराफ भने अझै पनि रहि रहेको छ । कारण जिराफले समय अनुकुल आफुलाई परिवर्तन गरि रह्यो । डाइनोसरले भने आफुलाई समय अनुकुल परिवर्तन गर्न सकेन र पृथ्वीबाट नै लोप हुन गयो ।

हरेक राजनैतिक पार्टी र दर्शनमा पनि यहि कुरा लागु हुन्छ । कुनै पनि राजनैतिक दलले समय अनुकुल आफुलाई परिवर्तन गर्न सकेन भने त्यसको अवस्था पनि डाइनोसरको जस्तै नहोला भन्न सकिन्न । प्रकृतिको नियमनै हो हामी जाडो हुदा बाक्लो र गर्मि हुदा पातलो कपडा लगाउछौं ।

राजनितिमा पनि समय अनुसार परिवर्तन हुन सक्नु पर्दछ । जुन चेतनाले सुरु अवस्था देखी हामिलाई यहाँ सम्म लिएर आयो । त्यो चेतनाले हामिलाई गन्तब्यमा पुर्याउन नसक्ला तसर्थ समय अनुकुल राजनिति दर्शनहरु पनि परिमार्जित हुनु पर्दछ ।

युग र समयको माग अनुसार जसले आफुलाई अगाडी लान सक्छ आउने समयको नेत्रित्व उसैले गर्नेछ । जसलाई आवश्यकताको सिद्धान्त भन्ने गरिन्छ ।

पछिल्लो समय नेपालमा वैकल्पिक राजनैतिक बहसहरु बाक्लै हुने गरेका छन् । पुराना राजनिति पार्टीहरु मध्य ७० वर्ष भन्दा बढिको इतिहास भएको नेपाली काँग्रेस पार्टी कै कुरा गर्दा पनि यसको उद्देश्य राणा शासनको अन्त गरि प्रजातन्त्रको स्थापना गर्नु थियो ।

प्रजातन्त्र स्थापनको लागि नेपाली काँग्रेसको महत्वपुर्ण योगदान रहेको छ । विशेष गरि विपी.कोइराला, गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराई आदिको महत्वपुर्ण भुमिका रहेको छ । प्रजातन्त्र प्राप्त पछि भने नेपाली काँग्रस पार्टी कुहिरो भित्र हराएको काग जस्तै अन्यौल अवस्थामा रहेको छ ।

भरखरै बसेको महासमितिको बैठक यसको प्रत्यक्ष प्रमाण हो । जहाँ एजेन्डा विहिन दस्तावेज, चरण गुटबन्धी, अस्थिर नेत्रित्व आदि नेपाली काँग्रेस क्रमश पतनको दिशामा अगाडी बढिनै रहेको छ ।
त्यसै गरि नेपाल कम्निष्ट पार्टीको समिक्षा गर्दा पछिल्लो ३ निर्वाचनमा विजय प्राप्त गरि हरेक क्षेत्रमा बलियो सत्ता प्राप्त गरेको छ ।

तर कुनै पनि क्षेत्रमा उल्लेखिय उपलब्धीहरु हासिल गर्न सकेको छैन । सरकारले घोषणा गरेका लोकप्रिय कायक्रमहरुमा एक पछि अर्को गर्दै पटक पटक पछाडी हट्नु परेको अवस्था छ । प्रधानमन्त्रीज्यु ठुला-ठुला सपना देखाउन त सफल हुन भयो तर सपनालाई साकार गर्न भने सक्नु भएन ।

सरकारका मन्त्री लगायत हरेका निकायका जनप्रतिनिधिहरु समान्य कार्यक्रम उदघाटन र समापनमा नै व्यस्त देखिनु हुन्छ । जसको परिणाम कार्यकर्ताहरुमा चरम निरासा उत्पन्न भएको छ । नेपाल कम्निष्ट पार्टीको भरखर चलिरहेको बैठकमा देखिएको कचिङ्गल त्यसको प्रभाव हो ।

यी नेपालका सत्ता पक्ष हुन या प्रतिपक्ष यिनिहरुसँग आधुनिक र समृद्ध नेपाल बनाउने कुनै एजेन्डा नै छैन । यिनिहरु नेपाली जनतालाई विश्वास दिलाउन त परै जाओस आफ्नै कार्यकताहरुलाई पनि चित्त बुझाउन सकेका छैन ।

यि दुवै पार्टीहरु (काँग्रेस र कम्निष्ट) जरा कुहिएको र टुप्पा सुकेको बुढो रुख जस्तै भएका छन् । न यिनिहरुले राम्रो फल नै दिन सक्छ नत राम्रो विरुवा नै उत्पादन गर्न सक्छ, त्यसैले नया विरुवा र उन्नत फल फलाउन सक्ने नया राजनैति पार्टी र नँया दर्शन यो राष्ट्रमा आवश्यक रहेको देखिन्छ ।

नयाँ शक्ति पार्टी नेपाल आर्थिक समृद्विकाे नारा लिएर स्थापित भएको बैकल्पिक राजनैतिक शक्ति हो । जसले उन्नत लोकतन्त्रको परिकल्पना गरेको छ । समता मुलक समृद्वि, सहभागिता मुलुक लोकतन्त्र, सुशासन, सदाचारको पालना, सम्मुनत समाजवादको स्थापना यस पार्टीले लिएको मूल मन्त्र हो ।

अबको नेत्रित्व पार्टीमा सदस्य लिएर लामो समय योगदान दिएको छु, लामो समय जेल बसेको छु, पार्टीलाई ठुलो आर्थिक सहयोग गरेको छु भन्ने आधारले सत्ताको नेतृत्व उसैले पाउनु पर्छ भन्ने हैन, अबको नेतृत्व राष्टिूय अन्तराष्टिूय परिवेशलाई नजिकबाट बुझेको हुनु पर्दछ ।

उच्च नैतिक बल, पुर्ण ईच्छा शक्ति, सबै वर्ग समुहहरुलाई समान व्यबहार गर्ने र देश बनाउने दृष्टिकोण भएको र देशलाई छोटो समयमा उच्च विकास गर्न सक्ने हैसियत भएको सक्षम र दुरदृष्टि भएको ब्यक्ति नै अबको नेतृत्व हुनेछ ।

जसको लागि नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई उपयुक्त पात्र हुन सक्नु हुन्छ । वहाँ आफैमा निस्कलङ्क, बौधिक, दुरदृष्टि, स्पष्ट अडान, देश विकासको प्रष्ट खाका र राष्ट्रिय अन्तराष्ट्रिय रुपमै आफुलाई स्थापित गर्नु भएको छ ।

बाँकी दिनहरुमा वँहाले आफ्नो पार्टी र आफुसँग विचार मिल्ने विभिन्न राजनैतिकपार्टी, समुह र व्यक्तिहरुसँग सहकार्यका लागि छलफलहरु अगाडी बढाई पार्टीलाई अझ बढी बलियो र मजबुत बनाउनु पर्ने देखिन्छ ।

नयाँ शक्ति पार्टीका कार्यकर्ताहरु आफैमा पनि उच्च नैतिक बल सहित दृढ सङ्कल्प हुनु पर्दछ । पार्टी निर्माण गर्ने क्रममा अवरोधहरु आउन सक्छन् । कति पनि विचलित नभई पार्टी निर्माणको लक्ष्यमा पुग्ने हिम्मत र सङ्कल्प भने हुनै पर्दछ ।

तसर्थ यस वैकल्पिक राजनितिको महान अभियानमा नेपालको भुमी अत्यन्त मलिलो र उर्वरयुक्त छ । अधिकांश युवाहरु वैकल्पिक राजनैतिकको समर्थनमा छन् । त्यसैले अहिले सम्म प्राप्त राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि उपलब्धीको सम्मान संरक्षण गर्दै देशलाई भावी पुस्ताहरुले गर्व गर्ने लायक राष्ट्र निर्माण गरौँ ।

जसरी तत्कालिन समयमा कोरियाबाट जर्मनमा मरेका लासलाई सफा गर्ने नर्सहरु र कोइला कारखनामा काम गर्ने कोरियन श्रमिकहरुको प्रेरणाबाट आजको आध’निक दक्षिण कोरियाको निर्माण भएको छ ।

त्यसै गरि देश भित्र र देश बाहिर छरिएर रहेका नेपालीहरु जोसँग ज्ञान, शिप र क्षमता छ उनिहरुको यो राष्ट्र निर्माण अभियानमा ठुलो आवश्यता छ । उनिहरुको अनुभवलाई राष्ट्र निर्माणमा लगाउन सके हरेक क्षेत्रमा राष्ट्रले ठुलो उपलब्धी हासिल गर्न सक्ने छ र देशलाई हरेक क्षेत्रमा विकास गरि समृद्ध राष्ट्र बनाउन सफल हुने छौँ ।