इटहरी/ थारु जागरण अभियान सुनसरीले शनिबार थारु डान्स स्टार–२०७५ को दोस्रो अडिशन सम्पन्न गरेको छ ।
सुनसरीको रामधुनी झुम्कामा आयोजित अडिसनमा छनौट भएकाहरूलाई अन्तिम फाइलनमा भिडन्त गर्ने छन् । विजेताले १ लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँसहित नटराज ट्रफी प्राप्त गर्ने अभियानका निर्देशक निशान प्रकृति थारुले जनाए । थारु गीत सङ्गीतलगायत नेपालको तराई मधेसमा भएका मैथिली र भोजपुरी गीतहरूमा अडिसन दिन पाइने छ ।
थारु डान्स स्टारमा ३० जना छनौट भएका छन् ।