धरान/ धरानमा आयोजना भइरहेको नेपाल आइस मिस पूर्वाञ्चलको नवौं संस्करणमा डिभाइन वाइनले फेस अफ डिभाइन टाइटल प्रदान गर्ने भएको छ । ‘डिभाइन वाइन’ले १४ जना प्रतिस्पर्धीबीच फेसबुक लाइकको आधारमा फेस अफ डिभाइन खोजी गर्ने भएको हो ।
फेस अफ डिभाइनमा आफूले चाहेको प्रतियोगिलाई जिताउन डिभाइन वाइनको अफिसियल पेज www.facebook.com/divinewinenepal बाट आफूले चाहेको प्रतियोगीहरूको फोटोमा क्लिक गरेर लाइक गर्नुपर्नेछ । आगामी पौष १४ गते धरानको इजी राइडर्स होटलमा योजना हुने फिनालेमा विजेताको घोषणा गरिनेछ ।
बिजेतालाई नगद १५ हजारसँगै फेस अफ डिभाइन टाइटल प्रदान गरिने डिभाइन वाइनका ब्रान्ड म्यानेजर सञ्जु शाक्यले जानकारी दिए ।
Face of divine https://bit.ly/2T5EutG