पथरी/ कानेपोखरी-६, स्थीत रमाइलोमा स्थापित जनसेवा माध्यामिक विद्यालयले ५० वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । विद्यालय आगामी माघ १९ गते ५० वर्ष पुग्दै गरेको अवसरमा सोही मितिमा स्वर्ण महोत्सव मनाउने तयारी गरेको हो ।
आइतबार विद्यालय व्यवस्थापन समितिको आयोजनामा विद्यालय सरोकार व्यक्तिहरुको उपस्थितमा स्वर्ण महोत्सवको बारेमा व्यापक छलफल भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका अर्यालले भेलालाई सम्बोधन गर्दै स्वर्ण महोत्सवको औचित्य प्रष्ट पारेका थिए ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा प्राचार्य दामोदर सिग्देलले बृहद स्वर्ण महोत्सव गर्ने ठूलो योजना रहेको तर रकम नभएको बताएका थिए । सिग्देलले स्वर्ण महोत्सवमा विद्यालयमा स्तम्भ, स्मारिका प्रकाशन र कार्यक्रम सफल बनाउन निर्देशक समिति, मूल समारोह समिति, सचिवालय समिति र विभिन्न उपसमिति निमार्ण गर्नु पर्ने प्रस्ताव पेश गरेका थिए ।
यस विषयमा कार्यक्रमका अतिथि कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कार्यक्रमको रकम विद्यालयबाटै हुँनु पर्ने र गाउँपालिकाले पनि सहयोग गर्ने, अन्य श्रोत खोज्नु पर्ने बताउँर्दै माघ १९ गते देखि चैत मसान्त सम्म स्वर्ण महोत्सवका दिन मानेर कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

उनले भने-‘विद्यालयमा स्वर्ण महोत्सवमा गर्नु मात्र नभएर गरेर देखाए अध्ययनरत विद्यार्थी,अभिभावकहरुमा विश्वासको लाभ हुने, विद्यालयको स्तर अझै उस्कने छ ।’
उपस्थीत विद्यालय सरोकार व्यक्तिहरुले स्तम्भ निमार्ण र विद्यालयको स्मारिका प्रकाशनको बारेमा सहमत जनाउर्दै स्वर्ण महोत्वस लामो समय सम्म भन्दा पनि तोकिएकै समयमा आयोजना गर्नु पर्ने बताएका थिए ।
यस स्वर्ण महोत्व सफल बनाउन भूतपूर्व विद्यार्थीहरुको संठगन ‘जनसेवा एल्मुनाई एसोसिएसन’ लागी परेका छन् । सो संगठनले गत मंसिर १५ गते काठमाण्डौको डिल्ली बजारमा भूतपूर्व विद्यार्थीहरुको भेलाको आयोजना गरेको थियो ।
भेलामा २०३६ सालदेखि २०७४ साल सम्मका एसएलसि दिने भेला भएको पार्चाय सिग्देलले बताए । उनका अनुसार ०३६ साल र ०७४ साल एसएलसीको व्याजीहरु बाबु र छोरा जस्तो देखिएको थियो । विद्यालयमा सहयोगको सम्बन्धमा एसएलसी ग्रुपकोहरुको उमेर हद मिल्ने भएकोले सहयोग गर्ने कुरा पनि मिल्ने बताए ।
२०४६ सालको एसएलसि ग्रपले स्वर्ण महोत्वसको अवसरमा दन्त शिविर संचालन गर्दै प्रचार प्रसार गरी गर्ने र अक्ष्यकोष स्थापना गरिदिने भएको छ । त्यसैगरी २०५६ सालको एसएलसि ग्रुपले विद्यालयको मुल गेट निर्माण गरिदिने घोषणा गरेको छ ।
त्यसैगरी २०६१ सालको एसएलसिको ग्रुपले विद्यालयमा मल्टिमिडिया कक्षा बनाईदिने भएका छन् ।
विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न पूर्व विद्यार्थी संगठनले विभिन्न समयमा भेलाको आयोजना गरी रहेको र यसलाई सफल बनाउन पूर्व विद्यार्थीहरुको मुख्य जिम्मेवारी रहेको जनसेवा एल्मुनाई एसोसिएसनका सचिव भोला प्रसाद अधिकारीले बताए ।
कानेपोखरी गाउँपालिकाको केन्द्र विन्दु मानिने रमाइलो बजारमा पालिकाकै ठुलो स्कुलको रुपमा स्थापना भएको छ । २०२५ सालमा स्थापना भएको विद्यालयमा २०३६ साल देखि एसएलसी सुरुवात गरेका थिए ।
अहिले सम्म एसएलसि पास भएर विद्यालयबाट जाने ८ हजार सम्म पुगेको विद्यालयको तथ्याङकले देखाएको छ । अहिले कक्षा नर्सरी देखि १० सम्म १हजार र कक्षा ११ र १२ मा ३ सय गरी जम्मा १३ सय विद्यार्थी अध्ययनरत छन् ।
विद्यालयमा शिक्षकशिक्षिका ४७ जनाले अध्यपन गरिरहेको छ ।