विराटनगर/ जब साँझ पर्दै थियो तब विराटनगर जारी विराट ट्रेड एक्स्पोमा उपभोक्ताको भिड बढ्दै थियो ।

एक्स्पोमा सोमबार साँझ दुई दर्जन मोडल र्याम्पमा उत्रिँदा सबैले ताली बजाएर स्वागत गरे । आलो पालो गर्दै पूर्वका व्यवसायिकरूपमा अगाडि बढेका मोडलहरू विभिन्न पहिरनका साथमा र्याममा देखिए । एकै मञ्चमा २२ भन्दा बढी मोडलहरू उत्रिएका थिए ।

एक्स्पोमा अन्यबेला राष्ट्रियस्तरका चर्चित कलाकारहरूबाट मनोरञ्जन लिँदै आएका ग्राहक तथा स्थानीयले सोमबार साँझ भने छुट्टै मनोञ्जन लिएका हुन् । मोडलहरू साडी, कुर्ता सुरुवाल, क्याजुअल, पार्टी वेयर, मिनिस्कर्ट तथा टिसर्टमा प्रस्तुत भएको कोरियोग्राफर अभिनेता तथा मोडल जतिन ताम्राकारले बताए ।

फेशनमा शोमा स्मृति ब्याण्डका कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिएका थिए ।

गायक ज्योती सुब्बाले आफ्नो चर्चित गीत प्रस्तुत गरि दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।फेशन शोमा तनिसा ताम्राकार, स्वेता देव, नियति प्रधान, आर्जु श्रेष्ठ, कुसुम श्रेष्ठ, सिवानी श्रेष्ठ, सिम्रन श्रेष्ठ, क्रेसी श्रेष्ठ, निकिता क्षेत्री, निकिता बञ्जरा, अस्मिका बञ्जरा, काजल लामालगायत सहभागी थिए । उपभोक्ताहरूलाई थप मनोरञ्जन प्रदान गर्न कलाकारहरूबाट साङ्गीतिक प्रस्तुतिको साथै मोडलहरूलाई उतारिएको संयोजक अनुपम राठीले बताए ।