विराटनगर/ श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले सरुवाको विषयलाई लिएर आफ्नो चरित्र हत्या गरेको सोही कार्यालयका कारखाना निरीक्षक मणिनाथ गोपले बताएका छन् ।

गोपले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरि श्रम अधिकृत संजेललाई सचिबस्तरको निर्णयले सरुवा गरेको विषयलाई लिएर भए नभएको विभिन्न आरोप लगाएर सार्वजानिक रुपमा आफ्नो चरित्रहत्या गरेको उनले बताएका हुन् । गैरकानुनी रुपमा सरुवा गरेको भन्दै संजेलले सोमबार पत्रकार सम्मेलनमा आफु सरकारी जागिरमा भएको ४० वर्ष हुँदा पनि साइकल छैन तर मेरो अस्सिटेन गोपको कार कहाँबाट आयो?, श्रम कार्यालयको सवारीसाधनको मर्मत र इन्धनमा उनले हिनामिना गरेको सार्वजानिक रुपमा अभिव्यक्त दिएका थिए ।

सोही विषयलाई लिएर गोपले विना प्रमाण आधरहीन कुरा गरेको भन्दै आफुसँग भएको कार पैत्रिक सम्पत्तिले किनेको गोपले पत्रकार सम्मेलनमा स्पष्टिकरण नै दिन बाध्य भए । ‘मेरो पारिवारिक पृष्ठभूमि र पैत्रिक सम्पतिको ययार्थ कुरा नबुझी म माथि सार्वजानिक रुपमा आरोप लगाइएको छ,’ गोपले भने, ‘जसले गर्दा मेरो माननी भयो ।

यस विरुद्ध म कानुनी उपचार खोज्ने अदालत जानेछु । मैले भ्रष्टचार गरेको भए छानविन समिति बनाएर अनुसन्धान गर्दा हुन्छ । एक पैसाँ भ्रष्टचार गरेको देखिए कारवाहीको भागिदार बन्न तयार छु ।

तर, भए नभएको आरोप लगाएर यसरी बदनाम गर्ने अधिकार कसैलाई छैन,’ उनले पत्रकार सम्मेलनमा भने ।