धरान / सुक्ष्म जीव विज्ञान विभाग तथा पोस्ट ग्राजुएट कार्यक्रम केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले एक सय ९६ औं लुइ पाश्चरको जन्मजयन्ति मनाएको छ ।

वैज्ञानिक पाश्चरको जन्मजयन्तिको अवसरमा माइक्रोबायोलोजीका सह प्राध्यापक सुमनकुमार लालदास, फुड माइक्रोबायोलोजीका सह प्राध्यापक वसन्तकुमार राई र ल्याव प्राविधिक सहायक केदार घिमिरेलाई सम्मानित गरिएको छ । उनीहरू झण्डै ३ दशकदेखि क्याम्पसमा अध्यापक छन् ।

उनीहरूलाई प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, क्याम्पस प्रमुख प्राडा. धनबहादुर कार्की, क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राध्यापक पशुपति मिश्रलगायतले सम्मान पत्र प्रदान गरे । यसक्रममा लुई पाश्चरको योगदान नामक निबन्ध प्रतियोगितासमेत गरिएको छ । प्रतियोगितामा मिनोर विक, सङ्गीता शर्मा र अस्मित लिम्बू क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । पाश्चरको जन्म सन् १८२२ डिसेम्बर २७ तारिखका दिन फ्रान्समा भएको थियो ।