जिरोपोइन्ट / धरान १ मा रहेको युरेका आवसीय माध्यमिक विद्यालयले आफ्नो २५ औं वार्षिकउत्सव “रजतजयन्ती २०७५” विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ ।
२०५० साल पौष २१ गते स्थापना भएको युरेकाले सप्ताहव्यापी कार्यक्रम स्वरुप यही पौष १४ गते वाकाथन सिंहदेवि चौकबाट सुरु गदैं छ । साथमा सोहि दिन साप्ताहिक कार्यक्रमको समुद्घाटन समेत गरिने भएको छ ।
प्रदेश १ का ४५ शिक्षाविद्को उपस्थिति
पौष १५ गते आधुनिक शिक्षा र शिक्षणसम्बन्धी आमन्त्रित सम्बन्धित विशेषज्ञहरुसँग अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रिया “२१ औ सताब्दिको विद्यालय शिक्षाको पद्धति कस्तो हुने र कस्तो हुनुपर्छ” भन्ने विषयमा केन्द्रित हुने विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार गुरुङले बताएका छन् । अन्तरक्रियामा प्रदेश नम्बर १ का ४० देखि ४५ जना शिक्षाविद्को उपस्थित हुने बताइएको छ । अन्तरक्रियाको निष्कर्षको प्रतिवेदनसमेत प्रस्तुत गरिनेछ ।
हजुर बुबा हजुर आमासँग भेटघाट कार्यक्रम
यसरी नै १६ गते प्राथामिक तहको स्पेलिङ र माध्यमिक तहको कोलार्ज प्रतियोगिता हुनेछ ।जसमा धरान भरिका ३५ वटा विद्यालयहरूको सहभागिता रहनेछ ।उक्त प्रतियोगिताको विजेताले ट्रफि प्राप्त गर्नेछन् । १७ गते विद्यालयमा पढिरहेका विद्यार्थीहरूको हजुर बुबा हजुर आमासँग भेटघाट कार्यक्रम रहेको छ । उक्त भेटघाट कार्यक्रममा हजुर बुबा हजुर आमालाई मठमन्दिरको भ्रमण, सांगीतिक र मनोरञ्जनात्मक कार्यक्रम रहनेछ । साथसाथै दोसल्ला ओढाएर हजुरबुबा हजुरआमालाई सम्मान गरिने कार्यक्रम रहेको छ ।
१८गते भुपु शिक्षक तथा भूपु विद्यार्थीहरूको भेटघाट एवं रात्रीभोज कार्यक्रम रहेको छ । १९गते रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । २० गते कक्षा प्लेग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम रहनेछ भने अन्तिम दिन २१ गते कक्षा ६ देखी माथिल्लो कक्षाको सांस्कृतिक कार्यक्रम तथा समापन कार्यक्रम रहेको प्रअ गुरुङले जानकारी दिए ।
१९ गतेसम्मका सम्पुर्ण काईक्रम युरेका स्कुलमा नै हुने भए पनि २० र २१ गतेको कार्यक्रम भने धरान सभागृहको हलमा हुने बताइएको छ ।