धरान/ धरानमा समपर्ण अभियानले सडक बालबालिका तथा वृद्धवृद्धा सहयोगार्थ ‘आनन्द कार्की एकल साँझ’ गर्ने भएको छ ।

पौष २७ गते होटल इजी राइडर्समा एकल साँझ गरिन लागिएको हो । साँझबाट सङ्कलित रकमले सडक बालबालिका तथा वृद्धवृद्धालाई सहयोग गरिने संस्थाले जनाएको छ । यो संस्थामा प्लस टु स्कुल तथा कलेजका विद्यार्थीहरू आवद्ध छन् ।

असाहाय, बिपन्न तथा न्यून आर्थिक अवस्था भएका वृद्धवृद्धा तथा बालबालिकाको सहयोगका लागि कार्यक्रम गर्दै आइरहेको अध्यक्ष युनेश भण्डारीले जानकारी दिए । संस्थाले लैङ्गिक हिंसा विरुद्धको अभियान, सडक बालबालिकाहरूलाई खाना खुवाउने कार्यक्रमहरू गर्दै आइरहेको छ ।

यसक्रममा भानुचौकमा चिया रोटी बिक्री गरेर इटहरी–१६ पकलीस्थित रामजानकी मवृद्धाआश्रममा न्यायो कपडा तथा खाद्यान्न वितरण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।