धरान /  मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलोस्थित उज्जवल भविष्य बाल समूहले ब्लाष्टखवरकर्मी अनिल श्रेष्ठसहित विभिन्न क्षेत्रका सातजना व्यक्तिहरूलाई सम्मान गरेको छ ।
बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक भव्य समारोहको बिच पत्रकार श्रेष्ठसहित कलाकार, साहित्यकार, र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो ।
यसरी सम्मानित हुनेहरूमा कलाकारको क्षेत्रबाट अभिनेता दिपकराज गिरी, निर्देशक तथा निर्मता दिपाश्री निरौला, गायक सुमित खड्का, गायिका मेनुका पौडेले,साहित्यकार गंगा सुवेदी र समाजसेवी तथा उद्योगी बेनीगोपाल मुन्दडालाई सम्मान गरेको हो । समाज र राष्ट्रको लागि आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पु¥याएको भन्दै क्बलको वार्षिक उत्सवको अवसर पाररे सम्मान गरिएको उज्जवल भविष्य बाल समूहको संरक्षक सदस्य एविन पाठकले जानकारी दिए ।
सम्मानित भएका व्यक्तिहरूलाई कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको उपप्रमुख राजमती इङ्नाम, क्बलका अध्यक्ष विद्या दुलाल र कार्यक्रम संयोजक नवीन श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सोही अवसरमा यहाँको सरकारी तथा विभिन्न विद्यालयहरूमा अध्ययरत बालवालिकाहरूलाई क्बलले जाडोको न्यानो कपडा तथा स्कूल जाने ब्यागसमेत वितरण गरेको थियो । क्बलले वार्षिक उत्सव प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष दुलाले जानकारी दिए । क्लबको माध्यमबाट यहाँका बालवाकिलाहरूको क्षमता र दक्षता अभिवृद्धी गर्न उल्लेखिनय भूमिका खेल्दै आएको दुलाले बताए । क्बलले यहाँका बालवालिकाहरूको नेतृत्व विकास गर्न विभिन्न कार्यक्रम समेत गर्दै आएको छ ।
कार्यक्रममा हाँस्यकलाकार समेत रहेका दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुतीले रमाइलोबासीले छुट्टै मनोरञ्जन लिए । दिपाश्रीले निर्देशन गरकी सुपरहिट चलचित्र ‘छक्कापञ्जा ३’ को चर्चित गीत ‘फन फन घुमेको कम्मरमा है, औठी बैना मारे पहिलो नम्बरमा .... बोलको गीतमा नृत्य प्रस्तुत गरि रमाइलो गरे । त्यस्तै गायक सुमित खड्काले आफ्नो राष्ट्रिय गीत प्रस्तुत गरि रमाइलोबासीलाई नचाए भने गायिका मेनुका पाण्डेले हिन्दी र नेपाली चिर्चित गीत गाएर मन्त्रमग्न बनाइन् । कार्यक्रममा स्थानिय विद्यालयका बालवालिकाहरूले नृत्य र गीत गाएर थप मनोरञ्जन प्रदान गरे ।