धरान/अभिनेता पल शाहको छायाङ्कनमा रहेको नयाँ फिल्म ‘ह्रदय भरी’ को लागि अभिनेत्री छनौट गरिएको छ । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ को निर्देशनमा बन्न लागेको यो फिल्ममा श्रद्धा क्षेत्री प्रेमिका बन्न लागेकी हुन् ।
श्रद्धा भारतमा बसेर मोडलिङ गर्दै आइरहेकी छन् । यही फिल्मका लागि उनी काठमाडौं आउँदै छिन् । फिल्ममा आज (सोमबार) राजधानीमा निर्माणको औपचारिक घोषणा गरिदै छ । माघ पहिलो साताबाट छायाङ्कन प्रारम्भ हुने निर्देशक सुब्बाले जानकारी दिए ।
यो फिल्ममा उनी आफैले कथा पनि लेखेका छन् । शाह प्रोडक्सनको ब्यानरमा निर्माण ह’न लागेको फिल्ममा धरानकी मोडल तथा अभिनेत्री रेखा फागो लिम्बूको पनि अभिनय रहने छ । रेखाले ‘तारेभीर’ फिल्ममा काम गरिसकेकी छन् भने दर्जन बढी म्यूजिक भिडियोमा समेत काम गरिसकेकी छन् ।