धरान/धडकबाट आफ्नो करिअर शुरु गरेकी श्रीदेवीकी छोरी जान्ह्वी कपुर नयाँ फिल्मका लागि अनुबन्ध भएकी छन् ।
धडकमार्फत् डेब्य’ गरेकी जान्ह्वीले ‘तख्त’ नामक फिल्ममा अनुबन्ध बनेकी हुन् । यो फिल्म करण जौहरले निर्देशन गर्दै छन् । फिल्म छाँयाङ्कन पूर्व नै चर्चा पाउन थालेको छ । अहिले जान्ह्वीको धडककै नायक इसान खट्टरसँग प्रेमलीला भएको बताइन्छ ।
अहिले उनीहरू सामाजिक सञ्जालहरूमा छाइरहेका छन् । जान्ह्वीले यसविषयलाई लिएर निकै नै चिन्ता व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालहरूले आफूलाई दुखित बनाएको बताउँदै आएकी छन् ।
तख्त पनि सामाजिक सञ्जालकै विषयमा आधारित रहेको बताइन्छ । सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढ्दो छ । तर, यसप्रति नकरात्मक प्रभाव पनि बढ्दो छ । यही विषयमा केन्द्रित रहेर निर्माण हुन लागेको तख्तले कसरी यसलाई प्रस्तुति गर्ने हो त्यो भने हेर्न बाँकी छ ।

उनले भनेकी छन्, ‘सामाजिक सञ्जालप्रति मानिसको मन नपराउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । कुनै शङ्काको कुरै होइन् की यो एकदमै चिन्ताको विषय हो ।’
एजेन्सीको सहयोग