वराहक्षेत्र / बेलका नगरस्तरीय प्रेस क्लबले बेलका नगरपालिकामा पाँचदिने आधारभूत पत्रकारिता तालिम गरेको छ ।

समृद्ध बेलका साप्ताहिक र बेलका खबरको संयुक्त संयोजनमा तालिमको शनिबार सम्पन्न गरिएको हो । तालिममा स्थानीय ३० जना प्रशिक्षार्थी सहभागी बनेको नगरपालिका प्रेस सल्लाहकार भरत घिमिरेले जानकारी दिए । तालिममा पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्का, उपाध्यक्ष भोटराज राई, प्रेस सेन्टर अध्यक्ष तुलसी कोइराला, वरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग र १ नम्बर प्रदेश सचिव हरिकुमार राइले तालिमको सहजीकरण गरेका थिए ।

पत्रकारिताको समान्य ज्ञान र प्रविधिको विकाससँगै पत्रकारिताको चुनौत र पत्रकार आचारसंहितालगायतबारे जानकारी गराइएको थियो । समापन कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले बेलकालाई समृद्ध नगरपालिका बनाउनमा प्रशिक्षार्थी पत्रकारहरूले बेलका नगरपाकिलाको समृद्धिका लागि महŒवपूर्ण भूमिका खेल्ने बताए ।

समापन कार्यक्रममा बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा, उदयपुर शसस्त्र प्रहरीका एसपी जयबहादुर खड्कालगायतले सत्यतथ्य सूचना प्रवाह गर्नका लागि आग्रह गरे । प्रेस क्लबका अध्यक्ष जयराम मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।