जिरोपाइन्ट/ धरान १८ मा रहेको डिपो स्कुलले आफ्नो ५६ औँ अविभावक सोमबार मनाएको छ । विद्यालय परिसरमा कार्यक्रममा वर्षभरी शिक्षा र खेलकुदमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ ।
सोही अवसरमा डिपोका पुर्व विद्यार्थी डा. सिदार्थ राई र डा. भरोसा भट्टराईलाई समेत सम्मान गरिएको थियो । डा. राईले विपि प्रतिष्ठानबाट विडिएस तर्फ पूर्वाञ्चल टप गरेका थिए भने भरोसाले विपि प्रतिष्ठानबाट नै एमविविएस अध्यन पुरा गरेका हुन् । उनीहरुलाई कार्यकमका प्रमुख अतिथी प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारी र कार्यक्रमका सभाध्यक्ष क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्वुले संयुक्त रुपमा सम्मान पत्र र मायाको चिनो प्रदान गरेका थिए ।
साथमा खेलकुद तर्फ विद्यालयका उत्कृष्ट एथ्लेट्सको उपाधि सिमरन राई र विसाल उराउ घोषित हुदै पुरस्कार प्राप्त गरेका छन् । भर्खरै सम्पन्न धरान खेलकुद विकास समितिको आयोजनामा भएको मेयरकप स्कुल ओलम्पिकमा दिएको उत्कृष्ट प्रदर्शनको आधारमा उनिहरुलाई छनौट गरिएको डिपो क्याम्पस प्रमुख राजकुमार राईले बताएका छन् । कक्षा १० मा अध्यनरत सिमरन राईले ४ गोल्डमेडल र विशाल उराउले ३ गोल्ड मेडल जितेका थिए । सोहि कार्यक्रममा कक्षा १ देखि १२ कक्षा सम्मका प्रथम, दितीय र तृतीय हुने विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथी सभामुख भण्डारीले पानसमा द्विप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । डिपो स्कुलले आफ्नो ५६औ स्थापना दिवसको अवसर पारेर अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्ृकृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिउको थियो । कक्षा ३ देखि मुनिका विद्यार्थीहरुले मोर्डन र कल्चरल फेसन सो समेत प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न प्रविधीहरु प्रयोग गरेर बनाएको सामाग्रीहरुको प्रर्दशनीसमेत गरिएको थियो । सोलार सिष्टम, विजुली, सालार बत्ति, पंखाहरु कसरी जस्तो गरि उपयोग गर्न सकिन्छ भनेर विद्यार्थीहरुले प्रर्दशनीसमेत गरेका थिए ।