धरान / जुजियर पायनोर पूर्व विद्यार्थी संगठनको आयोजनामा आयोजित प्रथम अन्तर छात्र छात्रा विद्यालय स्तरिय बास्केटवल च्याम्पियनसिपको उपाधि डिपो र पर्वत स्कुलले चुमेको छ ।
आइतवार सम्पन्न भएको फाइनल खेलमा छात्र तर्फ पर्वत स्कुल र छात्रा तर्फ डिपो स्कुलले उपाधि जितेको हो । पर्वत स्कुलले आइडल स्कुललाई १७ – ५ अंक र डिपोले लोटस स्कुललाई ४७ – २९ अंकको अन्तरले पराजित गरेको हो । खेलको प्रत्येक क्वाटरमा छात्र तर्फ पर्वत र आइडल स्कुलले ५–३, ३–०, ३–२ र ६–० अंक जोडेका थिए भने छात्रा तर्फको खेलमा डिपो र लोटस स्कुलले ८–७, १४ –६, १३ –११ र १२ –५ अंक जोडेका थिए ।
छात्र तर्फको खेलमा पर्वतका सितल तामाङले व्यक्तिगत १३ अंक र छात्रा तर्फको खेलमा डिपो स्कुलका वैभव योगीले व्यक्तिगत ३१ अंक जोड्दै टिमलाई विजयी गराउन सफल भएका थिए । विजेता तथा उपविजेता खेलाडीहरुले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । उनिहरुलाई प्रतियोगिताका प्रमुख अतिथी नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, प्रतियोगिता संयोजक चिरन्जीवि गिरि, डिजे मलिक स्याडो, सगरमाथा एसडि कलेजका प्राचार्य सन्तोष राई,संचारकर्मी शिसिर राई, एम्स एकेडेमिका कार्यसमिति सदस्य हेमन्त भण्डारीलगायतले वितरण गरेका छन । प्रतियोगिता अवधिवभरवाट छात्रा तर्फ डिविए उत्कृष्ट खेलाडी पर्वत स्कुलका सितल तामाङ र छात्र तर्फ एसविए उत्कृष्ट खेलाडिको उपाधि डिपो स्कुलका वैभव योगी घोषित भए । प्रतियोगिताको उदयमान खेलाडि छात्रा तर्फ चिल्डे्रन एकेडेमिका इवा लिम्वु र छात्र तर्फ लोटस स्कुलका नितेस क्षेत्रि घोषित भए । उनीहरुलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । धरान १९ स्थित हरियाली सामुदायीक वनको बास्केटवल कोर्टमा सम्पन्न प्रतियोगितामा छात्रा तर्फ ६ वटा टिम र छात्र तर्फ ८ टिमले सहभागिता जनाएको थियो ।
यसैबीच सोही अवसरमा विश्वमा बास्केटबल खेलको सुरुवात भएको १२७ वर्ष पुगेको अवसरमा केक काटेर मनाइएको थियो । क्यानेडियन नागरिक जेम्स नेल स्मिथले १८९२ मा बास्केटबल खेलको सुरुवात गरेको इतिहास छ । नेपालमा भने बास्केटबल खेलको सुरुवात २०१० सालयता धरानबाट शुरु भएको जानकारहरु बताउछन् ।