काठमाडौं/ माघ १८ गते देखी प्रदर्शनमा आउन लागेको फिल्म गोपीको सोमवार राजधानीमा विशेष शोको आयोजना गरिएको छ ।

विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्ममा गाई पालक कृषक ’गोपी’को कथा समेटिएको छ । दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने संदेश बोकेको फिल्मको विशेष शोमा नेपाली राजनिनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसँगै विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

फिल्म हेरिसकेपछि आफ्नो प्रतिकृया दिँदै निर्माता तथा कलाकार दीपकराज गिरीले भने, ’ किसानहरुले गौरव गर्न लायक फिल्म बनेको छ । हामी सबैको जिउमा त्यही फिल्ममा देखाईए जस्तै गोबर गानाउँछ ।

हामी पनि त्यही पृष्टभुमीबाट आएका थियौँ । होला फरक कर्ममा छौँ, तर हामी सबै गोपी हौँ’ । फिल्मका बारेमा बोल्दै नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको फिल्म हेर्न पाएकोमा खुसी ब्यक्त गरे ।