धरान/ शोभित बस्नेतको नयाँ फिल्म ‘बद्री बहादुर’ मा राजीवजङ्ग बस्नेतले डेब्यु गरेका छन् ।
करिब ५ महिनाको मेहनतपछि उनले फिल्ममा अवसर पाएका हुन् । तेक्वान्दोको ५ औं डनसमेत रहेका उनले ईन्टरनेशनल मास्टर टाईटल पनि जितेका छन् । सञ्चारकर्मी रवि अधिकारीको लगानी ‘बद्री बहादुर’ एबि पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा फिल्म बनेको हो ।
कमेडी जनराको चलचित्र ‘बद्री बहादुर’ मा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय सङ्ग्रौलालगायतका कलाकारहरू रहेका छन् । एलिना गुरुङ पनि रजतपटमा डेब्यु गर्दैछन् ।
चलचित्रमा रामकाजी घिमिरेको लेखन रहेको छ भने शिव बिकको नृत्य निर्देशन रहनेछ । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहने छ भने शंकर महर्जनको द्धन्द रहनेछ ।