जिरोपोइन्ट / एनप्याब्सन सुनसरीले फागुनको पहिलो साता १३ औं ‘क्याच देम यङ स्पोर्टस मिट’ गर्ने भएको छ ।

फागुन १ गतेदेखि ४ गतेसम्म स्पोर्टस् मिट गरिन लागिएको कार्यक्रम संयोजक पुष्प अधिकारीले बताए । मिटमा फुटबल, भलिबल, बास्केटबल र मिनी म्याराथन गरिने भएको छ । उद्घाटनको अवसरमा १० किलोमिटर म्याराथुन दौड हुने भएको छ । एक विद्यालयबाट म्याराथुनका लागि ४ जनासम्म विद्यार्थीले सहभागिता जनाउन पाउने छन् ।

फुटबलतर्फ प्राथमिक तहका विद्यार्थीहरू सहभागी हुने छन् । भलिबलमा छात्र र छात्रा दुवैको खेल खेलाइने छ । बास्केटबलमा छात्रतर्फ निमावि र छात्रामा मावि स्तरको हुने छ । विजेताहरूले ट्रफी, मेडल र प्रमाण–पत्र पाउने एन–प्याब्सनका जिल्ला अध्यक्ष गणेश राईले जानकारी दिए ।