धरान / धरान नगरव्यापी अन्तर मावि स्तरीय वत्तृत्वकला प्रतियोगितामा ज्वालामुखी माविकी अप्सरा खत्री विजेता बनेकी छन् ।
¥याडिकल लाइट नेपाल प्रालिको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा एम्स एकेडेमीका निलेश बिष्ट दोस्रो बन्दा शिक्षा निकेतन माविकी सञ्जीता धमला तेस्रो बनेकी छन् । त्यस्तै सैनिक आवासीय महाविद्यालयका सबिन कार्की सान्तवना घोषित भए । विजेताले क्रमशः १० हजार, ५ हजार, २५ सय र एक हजार दुईसय ५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।
विजेताहरूलाई प्रदेश १ की सांसद् उमिता बराइली, युएन र नवोदय कलेजका प्रमुख डम्बरकुमार तुम्बापोलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको निर्णायक अग्रज पत्रकार जनकऋषि राई र सावित्रा भण्डारी रहेका थिए । विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले प्रतियोगिता गरिएको प्रालिका अध्यक्ष तीर्थ कार्कीले बताए । यसक्रममा पब्लिक स्पिकर नेपाल सिजन–२ का विजेता रमेश प्रसाईँलाई सम्मानित गरिएको छ । प्रसाईँलाई सांसद बराइली, अध्यक्ष कार्कीलगायतले सम्मान–पत्र प्रदान गरे ।