धरान/ सामाजिक सेवामा सक्रिय हांस्य कलाकार गणेश इशाराले अनाथ, असाहय तथा गरिब विद्यार्थीको शिक्षाका लागि देशैभर एकल कमेडी शाे गरिरहेका छन् ।  

समाजसेवी वीरमाया राई (सोभोमा) को जन्म जयन्तीको अवसर पारेर पुस १४ गते धरानबाट सुरू गरेका कार्यक्रमकाे निरन्तरता माग १९ गते बेल्टार बजारमा पनि सम्पन्न गरेका छन् । झण्डै ५ सयकाे हाराहारीमा रहेका दर्शकलाई उनले हसाउन सफल भएका थिए ।

कृतिमानी युवा संघ नेपाल बेल्टारकाे आयाेजनामा भएकाे कार्यक्रममा चाैदण्डी नगरपालिका प्रमुख खगेन्द्र राईकाे आथित्य रहेकाे थियाे, भने कार्यक्रमकाे संयाेजक मिस स्टेट २०१८ की बिजेता रमिला बस्नेतले गरेकी थिइन् । 

हास्यकलाकार गणेश इशारालाई कलाकार भक्तिराज राई, शशिचन्द्र राई, दिपेन राई , पुर्वाञ्चल  स्टार सिजन ६ का विजेता पदम मगर , जुनियर यमबुद्व अनिल मगर , हाेचा व्यक्ति उमेश राउत र उल्टाे माेटर साइकल यात्री चित्रकुमार कार्कीले साथ दिएका थिए । 

शिक्षा, स्वास्थ्यका क्षेत्रमा जुटेकाे रकम समाजसेवी वीरमाया राई (सोभोमा) को नाममा अक्षयकोष खडा गरी खर्चिने इशाराले जनाएका छन्   । इशाराले हालसम्म अनगिन्ती स्टेज शोहरू गरिसकेका छन् ।