काठमाडौं/चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भएको छ । चलचित्र लिली–बिलीका लोकप्रिय जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री चलचित्र जसिता गुरुङको अभिनय रहेकोको फिल्मको एउटा गीत भियतनाममा छायाङ्कन गरिएको छ ।
अमेरिका र भियतनाममा छायाङ्कन गरिएको छ । ‘घाम जुन नै चाहिँदैन’ को छायाङ्कन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले जनाए । गीतको भिडियो अगामी भ्यालेन्टाइन डेको अवसरमा रिलिज गरिदै छ ।
उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्म साङ्गीतिक प्रेमकथामा आधारित पारिवारिक सिनेमा हो । नयाँ गीत निकै सुन्दर बनेको अभिनेता प्रदीपले बताए । काफिया फिल्मस्को व्यानरमा निर्मित फिल्म काफिया शाही (क्रिसु) र कविरवीक्रम शाहीले निर्माण गरेका हुन् ।
प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश साह, रेशु भट्टराई, बिनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।