नेपालबाट राजतन्त्रले बिदा लिएको पनि दशक नाघ्यो । तर, ‘राजाको काम कहिले जाला घाम’ भन्ने उखान भने दिनप्रतिदिन बलियो हुँदै गएको छ । १० बजे पुग्ने कार्यलय ११ बजे पुग्दा भएकै छ ।
सुन्दरहरैचा नगरपालिका भित्र त्यही देखियो । कर्मचारीको मनपरी तन्त्र भनेर भनिसक्नु र सुनेर सुनिसक्नु छैन । ठुला मान्छेका सोर्समा आएका कर्मचारी साना सोर्सका कर्मचारी बिचको दुरी पनि टाढिभएको रहेछ ।
सरकारी कर्मचारी र कार्यालयबीच तालमेलको अभाव झनै ठूलो समस्या बनेको छ । सुन्दरहरैचा नगरपालिका भित्रको कर्मचारी लथालिङ ब्यावस्थापन हेर्दा पनि कर्मचारीहरुलाई हेर्ने जनताको नजरनै परिवर्तन हुन्छ ।
कर्मचारीतन्त्रको यस्तो हालतले सरकारी कर्मचारीहरु प्रति जनताको विश्वास गुम्नु स्वभाविक हो । मुलुकको समृद्धि र विकास राज्यका सबै अंगको क्रियाशिलतामा मात्र सम्भव छ ।
तर, सरकारी कार्यालयको काम गर्ने शैलीले समृद्धिको सपनालाई टाढा बनाइदिएको छ । जनताको करबाट तलब/भत्ता खाने कर्मचारी दिनभर घाम ताप्नै व्यस्त रहन्छन् ,जति बेला पनि चियाको चुस्की चाहि हाल्यो ।
जनताको काम भन्दा पनि आफ्नो बाटो सुझिआउँने कर्मचारीहरु जनताको पक्षमा भन्दा आफ्नो ब्यक्तिगत स्वार्थमा लाग्छन भन्दा फरक नपर्ला । ‘सरकारी काम कहिले जाला घाम’ नेपाली उखान अहिले पनि मेल खान्छ । सुन्दहरैचा एउटा उदाहरण कार्यलय मात्र हो ।
हैन भने स्वास्थ्य चौकी,पानीको विल तिर्ने विजुलीको विल तिर्ने यातायातमा सवारी रिनो गर्ने, लगायतको काम सम्झनुको झल्झल याद आईहाल्छ त्यही सरकारी कार्यलयको । अधिकांस सरकारी कार्यलयको हालत यस्तै छ । सरकारी कर्मचारीको रवैया सुधार हुन नसक्दा जनताले प्रत्यक्ष सास्ती व्यहोर्नुपरेको छ । सेवा लिन आउने लाइनमा बस्छन् तर,
कर्मचारीसँगको ‘सेटिङ’ मा आउनेले भने पहिलो प्राथमिकतामा पर्छन । चल्ने गरेपछि आम सर्वसाधारण मर्कामा पर्ने गरेका छन् । त्यतिमात्र होइन, कर्मचारीहरु कार्यकक्ष नै खाली गरी घाम तापेको सहजै देख्न सकिन्छ । सरकारी कार्यालयहरुमा लापरवाहीले कर्मचारीको मनपरितन्त्रलाई पुष्टि गरेको छ ।
सरकारले केही कडाई गर्न खोज्दा उल्टै तिनै कर्मचारी आन्दोलनमा उत्रिन्छन् । यस्तो बेथिति किन ? कर्मचारी आफ्नो गल्ती स्वीकार गर्दैनन् । किन हुदैन उनीहरुलाई हदै सम्मको कारवाही ? १० बजे कार्यलय पुग्ने कर्मचारीहरु साडे १० बजे पुग्ने एक छिन फेसबुकमा हाई हेल्लो गर्ने पर्यो अनि बल्ल ११ बजेबाट सरकारी काम सुरु हुने परम्परा कहिले सम्म होला सरकार ? कार्यालयका कर्मचारीहरु हाजिरी भन्दा अधिकाँश समयमा कामचोर कर्मचारीको कारण सेवाग्राहीले भने जस्तो सुविधा पाउन सकिरहेका छैनन् ।
यसो त जिल्लामा सरकारी कर्मचारी बसे नबसेको , काम गरे नगरेको हेर्ने तथा नियमाक निकाय जिल्ला प्रशासन कार्यालय हो । कुनै पनि सरकारी कार्यालयमा कर्मचारीको ब्यवस्थापनको निगरानी सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको हो । त्यो कार्यलय पनि विन्दास छ । उही कर्मचारी जोगाउन लाग्छ ।
नेपालमा सरकारी कार्यालय कति समय चल्छन्छ होला ? यो प्रश्न सुन्दा सामान्य लागे नि यसले सरकारी निकायको स्पष्ट कार्यशैलि प्रति संकेत गरेको छ अनि सेवा प्रवाहको स्थीति बारे पष्ट्याउन खोजेको छ । अधिकाशंको उत्तर हुन सक्छ, १० देखी साँझ ५ बजेसम्म । तर हाम्रो समाजका सरकारी सेवामा कार्यरत केहि कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी र गनुपर्ने काम पुरा नगरेको पनि देखिन्छ ।
सरकारी अन्य कार्यालयमा बन्द कोठामा हिटर बालेर गफ गर्ने संस्कार मौलाएको छ तर उनिहरुले आफ्नो काम भनेको अफिस कुर्नु वा हाजिर गलाउनु मै सिमित राख्नु अत्यन्त जिम्मेवारहित पन हो । ठूलो मान्छे बस्ने सरकारी कार्यालयको ढोका साना मान्छेको घर जस्तो भालेको डाकमा खोल्न मिलेन । ठूला मान्छेको घडीमा १० पनि अरु घडीकै समयमा बज्दैन । ठूला मान्छेको घडी ठूलै आरामले चल्छ । सुुई आरामले घुम्छ र मन लागेको बेला १० बज्छ ।
हाकिम साहेबको मन अनुसार, चाहना र कामना अनुसार १० बज्दो रहेछ । हाकिमसाबको सुुस्तीलाई उहाँका हातको घडीले, टेवलको घडीले र भित्ताका घडीले एकसाथ चुनौती दिन्छन् र ती हतार हतार दौडिन थाल्छन् । अनि एकछिन सुस्ताएका हाकिमसाबलाई घडीको ताल पछ्याउन हतार हुन्छ । आरामले अफिस गए पनि निस्कन अलि हतारै गर्नुपर्छ । नत्र घडीले साथ दिंदैन । तपाईं मालपोत तिर्न, नागरिकता बनाउन, मोटर वा मोटरसाइकल पास गर्न, बिजुलीको बिल तिर्न या अरु नै कामको लागि सरकारी अड्डा पुग्नुहोस् ।
पहिलो कुरा त तपाईंलाई कहाँको कुन कोठामा काम लिने हो नै पत्तो हुँदैन । बल्लतल्ल पत्ता लगाएर त्यहाँ पुग्यो, लामो लाइन हुन्छ । अनि लाइनमा गएर उभियो । मरिगए लाइन सर्दैन । किन लाईन सरेन भनेर खोज्दा थाहा हुन्छ भित्र काम गर्ने मान्छे छैन । भित्र काम गर्ने मान्छे भए पो लाइन सर्छ त ? यो समस्या एउटा कार्यलयको मात्र भएपो प्राय सबै कार्यलयको हालत यहि छ । सबै सरकारी कर्मचारीहरु सुन्दरहरैचाकै जस्तो हुन्छन भन्ने पनि छैन । सबै कार्यलयका कर्मचारीहरु खराब पनि छैनन् तर सेवाग्राहीको लागी अधिकांश खराब छन् । सरकारी कर्मचारी यसैपनि ढिलो काम गर्ने । कार्यलयहरुमा थम्पिङले एउटा बानी बसालेको छ ।
तपाईंले हाटा भन्ने शब्द त सुन्नुभएकै होला । हाजिर गर्ने र टाप ठोक्ने अथवा छोटकरीमा हाटा । हाजिर गर्यो, टाप ठोक्यो । सरकारबाट बार्षिक भत्ता लिन्छन तर पोसाक लगाउँदैनन् । अफिस जाँदा पोसाक लगाएर जानुपर्यो । निक्लँदा फुकाल्ने कुरा भएन । त्यो पोसाक लगाएर डान्स रेष्टुरेन्ट, होटल, पार्क, घुसको लेनदेन हुने ठाउँ, सिनेमा हल जाँदा सबैले चिन्छन् । पोसाक हेरेरै यो त कर्मचारी हो भन्छन् त्यसैले पोसाक नलगाई अफिस गएका होलान ? हैन त ?