जिरोपोइन्ट/ किरात राई यायोक्खाको दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार-प्रसारको क्रममा शनिबार धरान रनको ४ सय ६ औँ हप्ताको अवसर पारेर “रन विथ किरात राई यायोक्खा” भन्ने नारा सहित साढे ३ किलोमिटर रन गरीएको छ ।

विहान ७ बजेबाट सुरु भएको रनमा प्रमुख अतिथी किराया केन्द्रीय अध्यक्ष तिलक राई, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई लगायत करीब ३ सय धावकहरुले रन गरेका थिए ।

उक्त समयमा किराया केन्द्रीय अध्यक्ष तिलक राईले धरान रनले धरानको परिचयका लागी एउटा छुट्टै स्थान बनाएको बताएका थिए । उनले धरान रनको सहयोगका लागी रन पश्चात धन्यवाद ज्ञापन गर्दै सम्मापत्र समेत प्रदान गरेका थिए । सो सम्मान पत्र धरान रनका अध्यक्ष रमु राईले ग्रहण गरेका थिए ।

कार्यक्रममा बोल्दै संयोजक राजेन्द्र राईले यस रन गर्नुको ३ वटा उद्देश्य रहेको बताए । यस दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रचनात्मक प्रचारका लागी, धरान रनसंग स्वस्थ रहने अभियानमा सरिक हुनका लागी र अधिवेशनमा आउने १ लाख भन्दा बढी आगन्तुकहरुलाई धरानको विभिन्न पहिचान जस्तै धरान रन, बास्केटबल, प्याराग्लाइडिङ, साइकिल्ङ, फुटसल, हाइकिङ लगायतका बारेमा अग्रिम जानकारी प्रदान गनरहेको बताए ।

यसरी नै प्रचारप्रसारकै कार्यक्रम स्वरुप आइतबार विहान ९ बजेबाट बिगफुट फुटसलमा फुटसल खेल हुने भएको छ । फुटसलमा ४ वटा टिम आयोजक किराया, धरान फुटबल क्लब, धरान उपमहानगरपालिका र सुनसरीका पत्रकारको टिम रहेन फुटसलका संयोजक नविन राईले बताए । फुटसलका सम्पूर्ण सहभागी टिमलाई सम्मानपत्र र विजेता र उपविजेता टिमलाई ट्रफि समेत प्रदान गरीने संयोजक राईले बताए ।