उर्लाबारी/ “गुणस्तरिय शिक्षा उपयोगी ज्ञान, उज्वल भविश्य पशुपतिको पहिचान” मुख्य नाराका साथ पशुपति आवासिय माध्यमिक विद्यालय उर्लाबारीले शनिबार एक दिवसीय फुड् फेस्टीवल सहितको बृहत सास्कृतिक कार्यक्रम संम्पन्न गरेको छ ।

विद्यार्थीले पूर्णरुपमा सञ्चालन गरेको करिब ६ घण्टाको समयवधीमा विद्यार्थीहरुले कार्यक्रम सञ्चालन, नाटक, गायन, नृत्य, किड्स फेसन शो, किड्स कर्नर, चित्रकला प्रर्दशनी,खेलकुद लगायतका मनोरञ्जनात्मक प्रर्दशन गरी अभिभावकलाई मनोरञ्जन प्रदान गराएका थिए ।

सोही अवसरमा विद्यार्थीहरुले आफैले स्थलमै तयार पारेका खाद्यन्यका स्टलहरुबाट विभिन्न परिकारका फास्ट फुड् विक्री वितरण गरेका थिए । विद्यार्थीहरुलाई शैक्षिक ज्ञानसँगै व्यवहारीक शिक्षा दिने उदेश्यले विद्यालयले एक दशक अघि देखिनै यस किसीमको मेघा फुड् फेस्टीवल तथा सास्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको संंस्थापक/निर्देशक बिजयकुमार कार्कीले बताएका छन् ।

सो विद्यालय यस क्षेत्रको संस्थागत विद्यालय मध्येको अग्रणी विद्यालय भएको शिक्षासेवी बिमलकुमार निरौलाले बताएका छन् ।