एजेन्सी/ स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीको पहिलो डेथ एनिभर्सरीमा उनका पति बोनी कपूरले उनको साडीहरू लिलाम गर्ने भएका छन् । तर, यो लिलामी एक असल काममा लागि गर्न लागिएको हो । खासमा यो लिलामीबाट प्राप्त हुने रकमलाई बोनीले च्यारिटीमा दान गर्नेछन् ।
गएको वर्ष २४ फेब्रुअरीमा श्रीदेवीले यो संसार छाडेर गएकी थिइन् । खबरअनुसार, लिलाम गर्न लागिएको उनको कोटा साडी हो ।
यो साडीलाई पारिसेरा नामक वेबसाइटमा लिलाम गरिँदैछ । लिलामीको शुरुवात बोली ४० हजार लगाइएको थियो । अहिलेसम्म सबभन्दा बढी बोली १ करोड २५ लाख भारतीय रुपैयाँ छ ।
यो लिलामीबाट प्राप्त हुने रकम कन्सर्न इण्डिया फाउण्डेशन प्रोग्राममा जानेछ, जो महिला, बच्चा, अपाङ्ग र वृद्धवृद्धाको लागि काम गर्दछ ।
फिल्म ‘मिस्टर इण्डिया’ को गीत ‘काँटे नहीँ कटते में’ मा लगाएको श्रीदेवीको ब्लू सिफन साडी निकै पपुलर भएको थियो । रेडिफ वेबसाइटले यसलाई इण्डियन सिनेमाको टप २५ साडी मुभमेन्टको लिस्टमा ठाउँ दिएको थियो ।
फिल्म ‘चाँदनी’ मा श्रीदेवीले लगाएको एल्लो साडी पनि निकै चर्चित भएको थियो ।