धरान/ गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 
 
बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै ‘कता हिँडेकी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा सङ्गीत पनि धर्मेन्द्र कै रहेको छ । लामो समयदेखि सङ्गीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन् ।
 
उनी भन्छन्, ‘मैले अहिलेसम्म जति गीत गाए त्यो मेरो बुबाको युगको थियो । अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु । सायद सबैले यसलाई रुचाउँनुहुन्छ होला ।’ गायक धर्मेन्द्र ‘रेशम फिलिलि’ जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन् ।
 
उमन वाइवाले तयार पारेको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य देख्न सकिन्छ । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्कलाई पनि फिचर गरिएको छ ।
 
भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए । सोनाहाङ राईले खिचेको भिडियोलाई रवि लामाले सम्पादन गरेका छन् ।