विश्व आदर्श कलेज तथा विद्यालयमा के–के विषयको पढाइ हुँदै आएको छ ?
–२०५५ सालमा स्थापित संस्थामा पूर्व प्राथमिक तहदेखि डिग्रीसम्म विभिन्न कोर्षमा पढाइ हुने गरेको छ । यसमा कक्षा ११ र १२ तथा वीवीएस, एमवीए, बीसीएका कोर्षहरू सञ्चालन हुँदै आएको छ । संस्था स्थापना भएको २१ औं वार्षिकोत्सव समारोहमा विविध कार्यक्रम गरी मनाउँदै छौं । फागुन १६ गते र १८ गतेसम्म हुने कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीप भण्डारी तथा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीकोे आतिथ्यतामा कार्यक्रम गर्दैछौं ।
सो अवसरमा के के कार्यक्रम गर्दै हुनुहुन्छ ?
–यस अवसरमा हामी शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु हुने महानुभावहरूलाई सम्मान गर्दैछौं । औपचारिक कार्यक्रमबाहेक हामीले विद्यार्थीहरूको चौतर्फी विकास गर्ने उद्देश्यले वैज्ञानिक प्रविधिको बारेमा प्रदर्शनी गर्ने वातावरण बनाएका छौं । विद्यार्थीले गरेका विभिन्न क्रियकलापका बारेमा पनि जानकारी गराउने छौं । कार्यक्रममा विज्ञानमा आधारित शैक्षिक प्रदर्शनी तथा पुराना लोप हुँदै आएका वस्तुहरू तथा विद्यार्थीहरूको कला प्रस्तुत गराउने छौं ।
प्रदर्शनीमा के–के देख्न पाइने छ ?
–हाम्रै विद्यार्थीहरूले आधुनिक प्रविधिबाट कसरी विज्ञानले चमत्कार देखाउँन सक्छ भन्ने विषयमा प्रदर्शनी गराउने कार्यक्रम रहेको छ । रिमोर्ट, जहाज, स्वाचालित मेसिन, कृषिजगत्का प्रविधि कसरी बन्न सक्छ भन्ने बारेमा हाम्रा विद्यार्थीहरूले त्यसबारे प्रदर्शनी गर्नेछन् । विद्यार्थीहरूले विषयगतरूपमा उनीहरूले प्रतिभा प्रस्फुटन गर्नेछन् । त्यसका साथै अहिले पनि यहाँ विविध खेलकुद कार्यक्रम भइरहेको छ । विद्यार्थीहरूलाई कोठेबारीमा लैजानु पर्छ, पहाडमा लैजानु पर्छ, अथवा पढाइका अलावा जुन विषयमा पढाइ भइरहेको छ त्यो विषय प्राक्टिकलरूपमा गर्न पाउनु पर्छ भन्ने उद्देश्यले यहाँको पढाइ अघि बढिरहेको छ ।
यो कार्यक्रमको मुख्य ध्येय चाहिँ के हो ?
–हामीले दुई विगाहा जग्गामा विद्यालय सञ्चालन गर्दै आएका छौं । कलेज भएको स्थानमा दश कठ्ठा जग्गा छ । हाम्रो स्कुललाई इको स्मार्ट स्कुल भन्ने गरेका छौं । हामी पढाईको साथै अन्य कुराहरु सिकाई नम्बर बढी ल्याउन नानीभन्दा पनि गरिखाने नानी बनाउने योजनाका साथै अत्याधुनिक प्रविधिबाट कक्षा सञ्चालन गर्दै आएका छौं । राम्रो पढाइको लागि इटहरीबाट भारतका विभिन्न स्थान र काठमाडौं, धरान इटहरी विराटनगर जाने नानीहरूलाई इटहरीमै उत्कृष्ट अध्यापन गराउने उदेश्यले उत्कृष्ट अध्यापन गराउने उद्देश्यले कक्षा सञ्चालन गर्दै आएका छौं ।
अहिलेको प्रितम आचार्यको प्रतिभादेखि यहाँ पढेका विद्यार्थीहरू कतिपय डाक्टर भएका छन् कि त इञ्जिनियर भएका छन् । कति सिए भएका छन् । यी सबैकुरालाई हेर्ने हो भने हामीले गरेको मेहेनतमा हामी सन्तुष्ट छौं । अभिभावकले पनि त्यो सन्तुष्टी अनुभव गराउने वातावरण बनाउन हामीले उनीहरूको प्रतिभा प्रस्फुटन गराउँदै आएका छौं । अभिभावकहरूले पनि आफ्ना नानीहरू के गर्दै छन् । के कुरा सिक्दै छन् भन्ने कुराको जानकारी राख्न यो प्रदर्शनीमा आउनुहुन अनुरोध गर्दछु ।
प्रस्तुतिः बाबुराम सुवेदी