धरान/ पूर्व मिस इण्डियाकी फस्ट रनरअप तथा मोडल रुही सिंहलाई फ्यानहरूलाई आफ्नो बोल्ड रूप सार्वजनिक गरेकी छन् । 
 
सन् २०१५ मा मधुर भट्नाकरको फिल्म ‘क्यालेण्डर गल्र्स’ मार्फत् बलिउडमा डेब्यु गरेकी रुहीले आफ्ना फ्यानहरूलाई सामाजिक सञ्जालमार्फत् बोल्ड रूप प्रस्तुत गरेकी हुन् । जयपुरबासी रुहीले आफ्ना फ्यानलाई ‘बिकनी पोज’ मा केही तस्बिर इन्स्टाग्रामार्फत् सार्वजनिक गरेकी हुन् । समुन्द्रको किनारमा पिङ्क रङ्गको बिकनीमा उनी निकै बोल्ड देखिएकी छन् । 
 
सन् २०११ देखि मोडलिङ उद्योगमा प्रवेश गरेकी उनी फेमिना मिस इण्डिया २०११ मा फस्ट रनरअपसमेत बनेकी थिइन् । फस्ट रनरअप रुही भन्छिन्, ‘मिस इण्डियाले मेरो जीवन नै परिवर्तन गरिदियो । जसका कारणले आज म यो स्थानमा छु । यो मेरो लागि निकै खुसीको क्षण हो ।’ मिस इण्डिया जितेपछि नै उनी भारतमा सर्वाधिक खोजिने महिलाहरूको सूचीमा परेकी थिइन् ।
 
सन् २०१४ मा उनी सर्वाधिक खोजीमा टप २५ मा पर्न सफल बनेको टाइम्स अफ इण्डियाले लेखेको थियो । त्यसो त, उनी बलिउडमा डेब्यु गर्नुअघि नै तामिल फिल्ममा अनुबन्ध भइसकेकी थिइन् । रुही आफ्ना फ्यानलाई निराश बनाउन चाहादिनन् । त्यही कारण नै बेला–बेला इन्स्टाग्राममार्फत् स्टनिङ फोटो सेयर गर्दै आइरहेकी छन् ।