एजेन्सी/ सञ्जयलीला भन्सालीसँग बलिउड स्टार सलमान खान जोडिएका छन् ।
उनको आगामी फिल्ममा सलमान नायकको रूपमा देखिने भएका हुन् । भन्सालीको नयाँ फिल्म चाडै नै आउन लागेको छ । यसअघि भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम, साबरिया’ मा एक साथ काम गरेका थिए ।
भन्सालीको कथा सलमानलाई पनि मन परेको बताइन्छ । उनीहरू तेस्रो पटक एक साथ देखिन लागेका हुन् । भन्सालीले आफ्ना पछिल्ला फिल्ममा रणवीर सिंह र दीपिका पादुकोणलाई लिएका थिए ।
फिल्मको नायिका को हुने भन्ने बारेमा हालसम्म निर्णय हुन सकेको छैन । फिल्ममा नायिका दीपिका पादुकोण हुने सम्भावना बढेको छ ।
तर, नायिका को बन्ने भन्नेबारे सलमानले नै तय गर्ने छन् । हालसम्म फिल्मको नाम तय भएको छैन । फिल्म २०२० मा रिलिज गर्ने गरी बनाइने छ ।