धरान/ वुमन वर्थ ग्रुपको आयोजनामा जारी मिसेस स्टेट १ का सहभागीहरूलाई मङ्गलबार टेवल शिष्टचारसम्बन्धी प्रशिक्षण दिइएको छ ।
युएन कलेजका व्याचलर अफ होटल म्यानेजमेन्टका संयोजक गगन श्रेष्ठले प्रशिक्षित गराए । सहभागीलाई कस्तो ठाउँमा जाँदा कसरी खाने, कसरी बस्ने, के–के कुरामा ध्यान दिनेलगायतका विषयमा जानकारी गराए ।
सहभागीलाई अभ्यास पनि गराइएको थियो । मिसेस स्टेटको फाइलन फागुन २४ गते हुँदै छ । विजेताले नगद एक लाख र फस्ट रनरअपले ५० साथै सेकेण्ड रनरअपले २५ हजार रुपैयाँसहित क्राउन प्राप्त गर्ने छन् ।